उपचार खर्च नपाउँदा घरकै ओछ्यानमा छटपटाउँदै बालिका
कञ्चनपुर । आगोमा परेर सख्त घाइते भएकी कृष्णपुर नगरपालिका–१ वण्डकी नौ वर्षीया बालिका मनिषा भण्डारी उपचार नपाउँदा घरकै ओछ्यानमा छटपटाउन बाध्य छिन् ।
गत आइतबार बिहान घरमै मकै पोल्ने क्रममा आगोमा परेर भण्डारी सख्त घाइते भएकी हुन् । तत्कालै स्थानीय बासिन्दाको सहयोगमा बालिकालाई उपचारका लागि नजिकैको अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो ।
बालिकाको अवस्था निकै चिन्ताजनक भएपछि अस्पतालले बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचारका लागि लैजान सिफारिश गरेपनि अर्थाभावले परिवारले अस्पताल पु¥याउन सकेका छैनन् । बालिकाका बुवाआमा असक्त अवस्थाका छन् । मनिषाका ठुलोबुवा पुष्कर भण्डारीले उपचार खर्च जुटाउन नसक्दा घरमै राख्नुपरेको बताए ।
“घरमा दैनिक हातमुख जोर्न धौधौ छ”, उनले भने, “बालिकाका आमाबुवाको अवस्था पनि उस्तैछ । कहीँकतैबाट सहयोग छैन । उपचार खर्च जुटाउन नपाउँदा घरमै राखेका छौँ । उपचार नपाएरै छोरी मर्ने भइ ।” बालिका कालिका आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत छिन् । घाइते बालिकाका अभिभावकले उपचार खर्च जुटाई सहयोग गरिदिन दातृ निकायसँग आग्रह गरेका छन् ।
















स्ट्याक्स नेपालले टि-२० विश्वकप क्रिकेटको प्रत्यक्ष प्रसारण गर्ने
कङ्गोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु
मध्यपूर्व तनावबीच अमेरिका-इजरायल-साउदी अरब हतियार सम्झौता
म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट
मतदातासँग प्रत्यक्ष संवादमा उम्मेदवार शंकर पोखरेल
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया