सर्वोच्च अदालतद्वारा प्रचण्डको भ्याकेट निवेदन खारेज

काठमाडौं । सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भ्याकेट निवेदन खारेज गरिदिएको छ । बिहीबार न्यायाधीशहरू आनन्दमोह भट्टराई, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्माको इजलासले प्रचण्डले सर्वोच्चमा दिएका भ्याकेट निवेदनहरू खारेज गरिदिएको हो ।
नेकपा माओवादी केन्द्रबाट स्थानीय तहको चुनाव जितेर नेकपा एमालेमा क्रियाशील भएका स्थानीय तहका जनप्रतिनिधिलाई पुनर्वहाली गर्न सर्वोच्चको अन्तरिम आदेश खारेजको माग गर्दै प्रचण्ड भ्याकेटमा गएका थिए । तर सर्वोच्चले उक्त भ्याकेट निवेदनमाथि आदेश दिन अश्वीकार गरिएको हो ।
माओवादी केनद्रबाट निर्वाचन जितेर एमालेमा लागेपछि माओवादीले कारबाही गर्न निर्वाचन आयोगलाई पत्र लेखेको थियो । उक्त पत्रका आधारमा निर्वाचन आयोगले विभिन्न जिल्लाका जनप्रतिनिधिलाई पद मुक्त गरेको थियो ।
त्यसका विरुध जनप्रतिनिभिहरु सर्वोच्च अदालत गएका थिए । सर्वोच्चले उनीहरुलाई सर्वोच्चले अन्तरिम आदेशमार्फत पुनर्वहाली गरेको थियो । रौतहट, कैलाली, ओखलढुङ्गा लगाएत जिल्लाका २१ जना जनप्रतिनिधि माओवादी छाडेर एमालेमा प्रवेश गरेका थिए ।
















स्ट्याक्स नेपालले टि-२० विश्वकप क्रिकेटको प्रत्यक्ष प्रसारण गर्ने
कङ्गोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु
मध्यपूर्व तनावबीच अमेरिका-इजरायल-साउदी अरब हतियार सम्झौता
म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट
मतदातासँग प्रत्यक्ष संवादमा उम्मेदवार शंकर पोखरेल
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया