आइतबार, चैत १५, २०८२

सर्वोच्च अदालतद्वारा प्रचण्डको भ्याकेट निवेदन खारेज

मेरोन्यूज २०७८ साउन २१ गते १७:३८

काठमाडौं । सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भ्याकेट निवेदन खारेज गरिदिएको छ । बिहीबार न्यायाधीशहरू आनन्दमोह भट्टराई, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्माको इजलासले प्रचण्डले सर्वोच्चमा दिएका भ्याकेट निवेदनहरू खारेज गरिदिएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

नेकपा माओवादी केन्द्रबाट स्थानीय तहको चुनाव जितेर नेकपा एमालेमा क्रियाशील भएका स्थानीय तहका जनप्रतिनिधिलाई पुनर्वहाली गर्न सर्वोच्चको अन्तरिम आदेश खारेजको माग गर्दै प्रचण्ड भ्याकेटमा गएका थिए । तर सर्वोच्चले उक्त भ्याकेट निवेदनमाथि आदेश दिन अश्वीकार गरिएको हो ।

माओवादी केनद्रबाट निर्वाचन जितेर एमालेमा लागेपछि माओवादीले कारबाही गर्न निर्वाचन आयोगलाई पत्र लेखेको थियो । उक्त पत्रका आधारमा निर्वाचन आयोगले विभिन्न जिल्लाका जनप्रतिनिधिलाई पद मुक्त गरेको थियो ।

त्यसका विरुध जनप्रतिनिभिहरु सर्वोच्च अदालत गएका थिए । सर्वोच्चले उनीहरुलाई सर्वोच्चले अन्तरिम आदेशमार्फत पुनर्वहाली गरेको थियो । रौतहट, कैलाली, ओखलढुङ्गा लगाएत जिल्लाका २१ जना जनप्रतिनिधि माओवादी छाडेर एमालेमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया