आइतबार, चैत १५, २०८२

सम्मानजनक हैसियतमा पार्टी एकता आवश्यक : नेता नेपाल पक्ष

मेरोन्यूज २०७८ साउन २१ गते १८:०६

काठमाडौं । नेकपा एमाले वरिष्ठ नेता माधव कुमार पक्षको केन्द्रीय कमिटी बैठकले पार्टी एकता आवश्यक रहेको ठहर गरेको छ । बिहीबार बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बसेको केन्द्रय कमिटीले पार्टी एकाता सवैको आवश्यकता रहेको र विभिजन सबैले सतयानस हुने ठहर गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

बैठकपछि प्रतिक्रिया दिदै नेता नेपाल पक्षका स्थायी कमिटी सदस्य रुघुजी पन्तले पार्टी विविजनले कसैको फाइदा नहुने बताए । उनले पार्टी एकता आवश्यक भएकाे बताए । बैठकको सुरुमा सम्बोधन गरेका नेता नेपालले अहिलेको अवस्थामका पार्टी एकता गर्न नहुने बताएका थिए । उनले ओलीसँग अहिलेको अवस्थामा पार्टी एकता गर्न नहुने बताए । उनले ओलीसँग सम्मानजनक अवस्थामा मात्र पार्टी एकता गर्नुपर्ने बताए ।

नेपालले पार्टी एकताका लागि अहिले पनि वार्ता जारी रहेको र आफू एकताबद्ध एमालेको पक्षमा रहेको भन्दै केही विषयमा सहमति भएपनि केहीमा वार्ता जारी रहेको बताएको बैठकपछि पन्तले उल्लेख गरे । पन्तले वार्ता टुंगोमा पुग्ने र पार्टी एकता हुने आशा व्यक्त गरेका छन् ।

नेता नेपालपछि बैठकमा नेपाल पक्षका कार्यदल संयोजक भीम रावलले १० बुँदे सहमतिको बारेमा विस्तृत जानकारी गराएका थिए । रावलले अध्यक्ष केपी शर्मा ओलीलाई जेठ २ मा फर्काउन १० बुँदे गरिएको भन्दै यसमा टेकेर पार्टी एकताबद्ध हुनुपर्ने बताएका थिए ।

यस्तै बैठकमा डा. विजय पौडेल, दिनेश राई, प्रतापलाल श्रेष्ठ, झपट रावल, रविन्द्र अधिकारी, रामकुमारी झाँक्री, निरा जैरु, ठाकुर गैरे, भागवत विश्वासी, सुरेन्द्र मानन्धर, भानुभक्त जोशी, अरुण नेपाललगायतले आफ्नो धारणा राखेका थिए । बैठकमा ७० जनाभन्दा बढी केन्द्रीय सदस्य उपस्थित भएको जनाइएको छ । बैठक शुक्रबार ११ बजे पुनः बस्ने छ ।

शुक्रबार सकिने केन्द्रीय कमिटी बैठकले पार्टी एकता कायम राख्ने वा विभाजनमा जाने भन्ने टुङ्गो लगाउने बताइएको छ । यस्तै बैठकले सरकारमा जाने वा नजाने विषयमा पनि छलफल गर्ने जनाइएको छ ।

प्रतिक्रिया