वर्षाका कारण भाइरल ज्वरोका बिरामी बढे
काठमाडौं । मौसममा आएको परिवर्तनसँगै बैतडीमा भाइरल ज्वरोका बिरामी बढ्दै गएका छन् । सदरमुकाममा रहेको जिल्ला अस्पताल र जिल्लाका अन्य स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी बढ्दै गएका हुन् ।
जिल्ला अस्पतालमा हाल दैनिक ६० भन्दा बढी बिरामी आउने गरेको अस्पतालका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिए । उनले भने, “केही दिनयता अस्पतालमा बिरामीको संख्या बढ्दै गएको र उपचारका लागि आउने बिरामीमध्ये अधिकांश भाइरल ज्वरो र रुघाखोकीका छन् ।”
उपचारका लागि आउने बिरामीमध्ये धेरैजसो ज्वरो र रुघाखोकी आउने श्रीकोट स्वास्थ्य चौकीका प्रमुख वीरसिंह भाटले बताए । उनले भने, “स्वास्थ्य चौकीमा आउने बिरामीमध्ये धेरै ज्वरो र रुघाखोकी आएका छन् ।” मौसममा आएको परिवर्तन र निषेधाज्ञा खुकुलो भएसँगै ज्वरोका बिरामी बढेका डा जोशीको भनाइ छ । “निषेधाज्ञा खुकुलो भएको छ, बजार क्षेत्रमा भीडभाड बढ्यो, मास्क लगाउनेको सङख्यामा कमी आएको छ, यसले पनि ज्वरोका बिरामी बढेका हुन्”, उनले भने, “मौसम परिवर्तन भएको छ, निरन्तर वर्षा भइरहेको छ, दुषित पानीको प्रयोगले पनि यो समस्या आएको हो ।”
वर्षातको समयमा पानीका मुहान दुषित हुने भएकाले पानी शुद्धिकरण गरेर मात्रै प्रयोग गर्न तथा पानी उमालेर पिउन डा जोशीको आग्रह रहेको छ । साथै निषेधाज्ञा खुकुलो भएसँगै भीडभाड बढेको, मास्क र अन्य स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न पनि आग्रह गरिएको छ । यस्तै व्यक्तिगत र वातावरणीय सरसफाइमा पनि विशेष ध्यान दिन स्वास्थ्यकर्मीले सुझाएका छन् ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया