बन्धक बनाएको आरोप लागेका मुख्यमन्त्रीले भने : इतिहासले अवश्य उत्तर खोज्ने छ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद विमला खत्री वलीलाई आफ्नो सरकारी निवासमा बन्धक बनाएको आरोप खेपेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विपक्षी दललाई प्रश्न गरेका छन् । उनले लुम्बिनी प्रदेशमा ८७ सदस्यीय प्रदेशसभाका सदस्य कसका कारणले ८० सदस्यमा झर्यो ? भनेर प्रश्न गरेका हुन् ।
बिहीबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा राख्दै उनले दुई जना माननीयलाई फकाएर राजीनामा गराएको र ६ जनालाई अनुशासनको डण्डा चलाएर निष्काशन गरेको घटनामा इतिहासले उत्तर दिने तर्क राखेका छन् ।
‘दुई जना माननियलाई फकारएर राजीनामा गराउन सक्ने, ६ जनालाई अनुशासनको डण्डा चलाएर निष्कासन गर्न सक्ने र एक जना माननियलाई दल परिवर्तन गराउन सक्ने प्रतिपक्षले सत्ता पक्षलाई ‘अपहरण’को आरोप पनि लगाएछ,’ उनले भने, ‘८७ सदस्यीय प्रदेशसभा कस्का कारणले ८० सदस्यीयमा झर्यो ? इतिहासले उत्तर अवश्य खोज्नेछ ।’
लुम्बिनी प्रदेशसभा सदस्य वलीले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी आफूलाई मुख्यमन्त्री पोखरेलको निवासमा पाँच दिनसम्म बन्धक बनाएर राखिएको बताएकी थिइन । उनले आफू शौचालयको चप्पल लगाएर भागेको बताउँदै मुख्यमन्त्री पोखरेलमाथि गम्भीर आरोप लगाएकी थिइन ।















सार्वजनिक प्रसारण संस्थाले सामग्रीको गुणस्तर र प्रभावकारिता बढाउनुपर्छः उपराष्ट्रपति
ग्यास्ट्रिक बिग्रिएर बालबच्चामा हुन सक्छ अल्सर
विशेष पूजा गरी मनाइयो पशुपतिनाथको ‘छायाँ दर्शन’
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
प्रतिक्रिया