बेलायतको रश्मोर काउन्सिलद्वारा गोरखामा ७० लाखको पीपीई सहयोग

गोरखा । बेलायतको रश्मोर बरो काउन्सिलले नेपालको गोरखा जिल्लामा ठूलो परिमाणमा पीपीई सहयोग गरेको छ ।
गत वर्ष जिल्लाको गोरखा नगरपालिकासँग मितेरी साइनो गाँसेको बेलायतको रश्मोर काउन्सिलले ७० लाख रुपैयाँभन्दा बढीको पीपीई नगरपालिकालाई उपलब्ध गराएको रश्मोर बरोका काउन्सिलर जीव बेल्वासेले बताए ।
गोरखाका सबै स्थानीय स्वास्थ्यकर्मी तथा अत्यावश्यक सेवामा खटिएका कर्मचारी र स्वयंसेवकहरूका लागि मास्क, पञ्जा, एप्रोन, जुत्तालगायत स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको रश्मोरका अर्का काउन्सिलर नेम थापाले जानकारी दिए ।
काउन्सिलर बेल्वासेको प्रमुख पहलमा गरिएको सहयोग हस्तान्तरणको औपचारिकताका लागि बिहीबार सम्पन्न कार्यक्रममा रश्मोर बरोका प्रमुख ब्रुस थोमसले नगरपालिकाका प्रमुख राजनराज पन्तलाई सहयोग हस्तान्तरण गरेका थिए ।
भर्चुअल कार्यक्रममा नगरपालिका प्रमुख पन्तले काउन्सिलले हस्तान्तरण गरेको स्वास्थ्य सामग्री जिल्लाका सबै तहमा आवश्यकतानुसार उपलब्ध गराइने बताए ।
सहयोग हस्तान्तरण कार्यक्रममा रश्मोर बरोका प्रमुख थोमसले उपलब्ध सहयोग गोरखावासीको स्वास्थ्य सुरक्षाका लागि सहयोगी बन्ने आशा व्यक्त गरे ।
















संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
घोषणापत्रमा निजी क्षेत्रमैत्री नीति समेट्न महासंघको आग्रह
गाजामा भएको इजरायली आक्रमणमा ११ जनाको मृत्यु
कांग्रेसले चुनावका लागि केन्द्रीय संयन्त्र परिचालन गर्ने
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
तपाईको आजको दिन शुभ, अशुभ कस्तो हुनेछ ? हेर्नुहोस् राशिफल
नागार्जुनमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा युवकको मृत्यु
प्रतिक्रिया