शनिबार, माघ १७, २०८२

सत्ता गठवन्धन कार्यदलले प्रतिवेदन बुझाउँदै, शीर्ष नेता बालुवाटारमा जम्मा

मेरोन्यूज २०७८ साउन २२ गते ९:४५

काठमाडौं । सत्ता गठवन्धन दलको कार्यदलले आज प्रधानमन्त्री शेरबहादुर देउवा सहितका शीर्ष नेतालाई प्रतिवेदन बुझाउे भएको छ । केही दिनदेखि लगातार छलफलमा जुटेकोसो समूहले आज प्रतिवेदन बुझाउन लागेको हो ।

प्रधानमन्त्रीसहित शीर्ष नेतालाई सत्ता गठवन्धनले सरकारको संयुक्त साझा नीति कार्यक्रम बनाउन काग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा गठन गरेको ७ सदस्यीय कार्यदलले प्रतिवेदन बुझाउन लागको हो ।

सत्तागठवन्धन दलका शीर्ष नेतालाई संयुक्त रुपमा प्रतिवेदन बुझाउन लागेको कार्यदलका एक नेताले बताए । त्यसका लागि गठवन्नध दलका शीर्ष नेता बालुवाटार पुगेका छन् ।

साझा नीति कार्यक्रम पछि मात्र सरकार विस्तारको कुरा सत्ता गठवनधन दलले गर्दै आएका थिए । कांग्रेस सभापति देउवाले सरकारको नेतृत्व सम्हालेको एक महिना पुग्न लागेका छ । तर अझै मन्त्रमिण्डलले पूर्णता पाउन सकेको छैन ।

प्रतिक्रिया