माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै
मेरोन्यूज
२०७८ साउन २२ गते १२:३८
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै छ । बैठक शुक्रबार अपरान्ह चार बजे पार्टी कार्यालयमा बस्ने जनाइएको छ । बैठकमा सरकार सञ्चलनका लागि सत्तारुढ दलको कार्यदलले बुझाएको प्रतिवेदन र मन्त्री छनोटबारे छलफल हुने जनाइएको छ ।
कार्यदलले बिहान सरकारका न्युनतम साझा कार्यक्रम गठबन्धनका शीर्ष नेतालाई बुझाएको थियो । यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यदलले प्रतिवेदन बुझाएपछि मन्त्रीको टुङ्गो लगाउने बताएका थिए ।
असार २९ गते प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले सरकारलाई पूर्णता दिन सकेका छैनन् ।
सम्बन्धित
प्रतिक्रिया