आइतबार, चैत १५, २०८२

एमाले नेता नेपाल पक्षको केन्द्रीय समिति बैठक सुरु

मेरोन्यूज २०७८ साउन २२ गते १२:५०

काठमाडौं । नेकपा एमाले वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको केन्द्रीय समितिको बैठक सुरु भएको छ । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा दोस्रो दिनको बैठक सुरु भएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

बैठकमा केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम जारी रहने बताइएको छ । यस्तै आजको बैठकले पार्टी एकता कायम राख्ने वा विभाजन हुने र सरकारमा जाने वा नजाने विषयमा निर्णय गर्ने बताइएको छ । बैठकमा आएका केन्द्रीयको धारणा अनुसार अगाडि बढ्ने नेपाल पक्षले जनाएको छ । बिहीबार बसेको बैठकमा नेता नेपालले सुरुमा सम्बोधन गरेका थिए ।

त्यपछि उपाध्यक्ष भिम रावलले पार्टी एकता कायम राख्न बनेको कार्यदलले गरेको १० बुँदे सहमतिका बारेमा विस्तरुपमा जानकारी गराएका थिए ।

त्यस्तै बैठकमा विजय पौडेल, झपट रावल, बलराम बाँस्कोटा, रामकुमारी झाँक्री, सविता भुसाल, शेरबहादुर केसी, रवीन्द्र अधिकारी, अनु नेपाल, चूडामणि जंगली, ठाकुर गैरे, भागवत विश्वासी, नागेन्द्र चौधरी, बलदेव चौधरी, भानुभक्त जोशीलगायत का नेताहरुले आफ्नो धारणा राख्दै पार्टी एकता र सरकारमा सहभागिताका विषयमा मिश्रत सुझाव दिएका थिए ।

प्रतिक्रिया