महाकाली नदी घटनाबारे अध्ययन गर्न छानबिन टोली पुग्यो मालघाट
मेरोन्यूज
२०७८ साउन २२ गते १४:२६

दार्चुला । दार्चुलाको महाकालीकाली नदीमा भएको घटनाबारे छानबिन गर्न भनेको टोली दर्चुलाको मालघाट पुगेको छ । महाकाली नदीमा भएको घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयले छानबिन टोली गठन गरेको थियो ।
उक्त छानबिन टोली शुक्रबार हेलिकप्टर चढेर घटनास्थल मालघाट पुगेको हो । टोलीले भारतपट्टि गएर घटनास्थलको स्थलगत निरीक्षण गर्दा नेपालतर्फ स्थानीयले विरोध प्रदर्शन गरेका थिए ।
साउन १५ गते व्यास गाउँपालिका–२ का जयसिंह धामी महाकाली नदीमा तुइन तर्दा भारतिय सिमा सुरक्ष बल एसएसबीले तुइन काटिदिएपछि नदीमा बेपेत्ता भएका थिए । तर, भारतिय पक्षले घटनामा एसएसबीको संलग्नता नरहेको दाबी गर्दै आएको छ ।
टोली सात दिनपछि घटनास्थल पुगेर घटनाबारे अध्ययन गरिरहेको छ । छानबिन टोलीलाई सत्यतथ्य पत्ता लगाएर १० दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ ।
सम्बन्धित
















डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि, हवाई इन्धन सस्तियो
इरानको तटीय क्षेत्रको एक भवनमा विस्फोट
सुदूरपश्चिम प्रदेशका २०६ उम्मेदवार मध्ये १८ महिला : कुन पार्टीका उम्मेदवार ?
पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
तपाईको आजको दिन शुभ, अशुभ कस्तो हुनेछ ? हेर्नुहोस् राशिफल
निर्वाचनको ३५ दिन बाँकीः यसपटक निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति
पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली
प्रतिक्रिया