सभामुख र उर्जा मन्त्रीबीच छलफल

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालबीच छलफल भएको छ । शुक्रबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको छलफल सदनलाई प्रभावकारी बनाउने लगायतका विषयमा केन्द्रीत रहेको थियो ।
सभामुख सापकोटा र मन्त्री भुसालबीच मौसमजन्य विपत्तिले देशभरका नदी तटीय क्षेत्रमा भएको क्षति र नदी कटान नियन्त्रणका विषयमा कुराकानी भएको बताइएको छ । मौसम सुरु भएलगत्तै सिन्धुपाल्चोक, मनाङ् लगायतका जिल्लामा बाढी र पहिरोले ठूलो जनधनको क्षति भएको छ ।
उनीहरुबीच मनसुन जारी रहेकाले सिन्धुपाल्चोक लगायतका बाढी प्रभावित जिल्लामा नदी कटान नियन्त्रणका लागि सरकारी प्राथमिकताका विषयमा पनि छलफल भएको बताइएको छ । सिन्धुपाल्चोकका मेलम्ची, इन्द्रावती, ब्रम्हायणी र भोटेकोशी नदी तटीय क्षेत्रमा बसोबास गर्ने मानिस विस्थापित भएका छन् ।
सभामुख सापकोटाले संसदको चालु अधिवेशनलाई गतिशील बनाउने सम्बन्धमा यसअघि गृह मन्त्री बालकृष्ण खाँण, अर्थ मन्त्री जनार्दन शर्मा ‘प्रभाकर’सँग छलफल गरेका थिए । सभामुख र कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीबीच पनि यसै विषयमा नियमित छलफल हुँदै आएको छ ।
















पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
अनावश्यक रूपमा बिरामीलाई ‘रिफर’ नगर्न अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
तपाईको आजको दिन शुभ, अशुभ कस्तो हुनेछ ? हेर्नुहोस् राशिफल
अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने
निर्वाचनको ३५ दिन बाँकीः यसपटक निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति
प्रतिक्रिया