आइतबार, चैत १५, २०८२

सभापतिमा उम्मेदवारी दिन्छु : निधि

मेरोन्यूज २०७८ साउन २२ गते १५:४४

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको १४ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने बताएका छन् । आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘१४औँ महाधिवेशन जहिले भए पनि सभापतिमा मेरो उम्मेदवारी हुनेछ ।’

Advertisement
nepal life insurencenepal life insurence

उनले सभापतिको उम्मेदवारीका लागि आफू अगाडि बढेर तयारी शुरू गरिसकेको बताए । उनले क्रियाशील सदस्यतामा देखिएको विवाद चाँडै टुंगिने र महाधिवेशनको तयारीले गति लिने जानकारी दिए ।

‘भदौमा महाधिवेशन हुन्छ भनेर सभापति शेरबहादुर देउवा जीले पनि भनिरहनुभएको छ, क्रियाशील सदस्यतामा देखिएको विवाद समाधानका लागि छलफल शुरू भएको छ,’ उनले भने, ‘विवाद टुंगिएसँगै महाधिवेशनको तयारीले गति लिन्छ, तदर्थ समिति वा विशेष अधिवेशनको कुनै आवश्यकता छैन ।’

पूर्व उपप्रधानमन्त्री निधिले सरकारको न्यूनतम साझा कार्यक्रम कार्यदलले टुंग्याइसकेकाले अब चाँडै मन्त्रिपरिषद्वि स्तार हुने बताए ।

उनले भने, ‘माधव नेपाल पक्षलाई पनि सरकारमा सामेल गराउने प्रयास भइरहेको छ, पार्टी सभापति देउवाजीलाई प्रधानमन्त्री बनाउन ज–जसले सहयोग गर्नुभएको छ, उहाँहरू सबै पक्षलाई सरकारमा समावेश गराउने हाम्रो चाहना छ, त्यसैले केही ढिला भएको हो ।’

प्रतिक्रिया