पार्टीका काम रोक्न सकिदैन : एमाले

काठमाडौं । नेकपा एमालेले पार्टीको काम नरोकिने बताएको छ । एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीको काम अनन्तकालसम्म रोक्न नसकिने बताएका छन् । पार्टीको विधान संशोधनबारे भएको छलफलपछि ज्ञवालीले पार्टीका नियमित कामहरु अगाडि बढ्ने बताए ।
उनले भने, ‘पार्टीका नियमित कामहरु अगाडि बढछन्, छलफलहरु चलिरहेका छन् । तर छलफलका नाममा अनन्तकालसम्म पार्टी कामलाई रोक्न सक्दैनौं । स्थानीय चुनावका साथै महाधिवेशन नजिक आइसकेको छ ।’
एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले पार्टी एकता प्रक्रिया चलिरहेका बेला सदस्यता नवीकरण लगायतका कामलाई तत्काल रोक्न आग्रह गरेको थियो । अध्यक्ष केपी शर्मा ओली पक्षले शुक्रबारदेखि विधान संशोधनबारे छलफल थालेको छ ।
ओली पक्षले साउन २७ र २८ गते विधान सम्मेलन गर्ने निर्र्णय यसअघि नै गरिसकेको छ । आगामी केन्द्रीय कमिटी बैठकले विधान संशोधनको प्रस्ताव तयार पार्ने ज्ञवालीले बताए ।
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया