शनिबार, माघ १७, २०८२

पार्टीका काम रोक्न सकिदैन : एमाले

मेरोन्यूज २०७८ साउन २२ गते १८:५५

काठमाडौं । नेकपा एमालेले पार्टीको काम नरोकिने बताएको छ । एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीको काम अनन्तकालसम्म रोक्न नसकिने बताएका छन् । पार्टीको विधान संशोधनबारे भएको छलफलपछि ज्ञवालीले पार्टीका नियमित कामहरु अगाडि बढ्ने बताए ।

उनले भने, ‘पार्टीका नियमित कामहरु अगाडि बढछन्, छलफलहरु चलिरहेका छन् । तर छलफलका नाममा अनन्तकालसम्म पार्टी कामलाई रोक्न सक्दैनौं । स्थानीय चुनावका साथै महाधिवेशन नजिक आइसकेको छ ।’

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले पार्टी एकता प्रक्रिया चलिरहेका बेला सदस्यता नवीकरण लगायतका कामलाई तत्काल रोक्न आग्रह गरेको थियो । अध्यक्ष केपी शर्मा ओली पक्षले शुक्रबारदेखि विधान संशोधनबारे छलफल थालेको छ ।

ओली पक्षले साउन २७ र २८ गते विधान सम्मेलन गर्ने निर्र्णय यसअघि नै गरिसकेको छ । आगामी केन्द्रीय कमिटी बैठकले विधान संशोधनको प्रस्ताव तयार पार्ने ज्ञवालीले बताए ।

प्रतिक्रिया