एमबीबीएस प्रवेश परीक्षामा सर्वोकृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान
काठमाडौं । विश्व निकेतन माध्यामिक विद्यालय त्रिपुरेश्वरले एमबीबीएसएकीकृत प्रवेश परीक्षामा सर्वोकृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । विश्व निकेतन माविमा कक्षा ११ र १२ मा विज्ञान विषय लिएर उत्तीर्ण भएका विद्यार्थी आशिक झाले चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित एमबीबीएसपरीक्षामा सर्वोकृष्ट अंक हाँसिल गरेको भन्दै आज सम्मान गरेको हो ।
विस २०७७ सालमा विश्व निकेतन माविमा विज्ञानको वायोगुप्र लिएर उत्तीर्ण झाले पुतलीसडकस्थित ‘भाइब्रेन्ट एमबीबीएसइन्ट्रान्स प्रिपिरेशन सेन्टर’बाट भाइब्रेन्टको अनलाइन कक्षामार्फत र मोवाइल एपमार्फत अध्ययन गरेर सर्वोकृष्ट अंक ल्याएका हुन् । भाइब्रेन्ट विस २०६८ मा स्थापना भएको शैक्षिक संस्था हो ।
विद्यालयका प्रधानाध्यापक हेरम्बराज कडेल सरकारी विद्यालयमा पढेर एमबीबीएसपरीक्षामा सर्वोकृष्ट अंक ल्याउनु विद्यालयका लागि खुशीको कुरा भएको बताए । काठमाडौँ महानगरपालिका–११ मा सञ्चालित विश्व निकेतन माविमा हाल तीन हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।
भाइब्रेन्ट सेन्टरका अध्यक्ष केपी शर्माले शिक्षक र विद्यार्थीको मेहनत र लगनशीलताका कारण झा सर्वोकृष्ट विद्यार्थी बन्न पुगेको बताए । सर्वोकृष्ट विद्यार्थी झाले २०० पूर्णाङ्कको परीक्षामा १८६ अंक प्राप्त गरेका थिए । चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित उक्त परीक्षामा देशभरका ११ हजार विद्यार्थी सहभागी भएका थिए ।
















डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि, हवाई इन्धन सस्तियो
इरानको तटीय क्षेत्रको एक भवनमा विस्फोट
सुदूरपश्चिम प्रदेशका २०६ उम्मेदवार मध्ये १८ महिला : कुन पार्टीका उम्मेदवार ?
पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
तपाईको आजको दिन शुभ, अशुभ कस्तो हुनेछ ? हेर्नुहोस् राशिफल
निर्वाचनको ३५ दिन बाँकीः यसपटक निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
प्रतिक्रिया