व्यास नगरपालिकाद्वारा चार कार्यविधि पारित

तनहुँ । तनहुँको व्यास नगरपालिकाले आवश्यक देखिएका चारवटा कार्यविधि पारित गरेको छ । नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा नगर कार्यपालिकाको नियमित बैठकले चार कार्यविधि पारित गरेको कार्यालयका सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिए ।
व्यास नगर समता आवासीय विद्यालय सञ्चालन कार्यविधि २०७८, व्यास नगरपालिका कोभिड व्यवस्थापन अस्पताल सञ्चालन कार्यविधि २०७८, व्यास नगरपालिका एम्बुलेन्स सेवा सञ्चालन कार्यविधि २०७८ र व्यास नगर कृषि उपकरण व्यवस्थापनसम्बन्धी कार्यविधि २०७८ पारित गरेको हो ।
त्यसैगरी व्यास नगरपालिकाअन्तर्गत अत्यावश्यक चार विषयमा तत्काल बोलपत्र आह्वान प्रक्रिया अघि बढाउन सम्बन्धित शाखालाई निर्देशन दिने निर्णय गरेको छ ।
२५ लाखभित्र रहने गरी विपद् व्यवस्थापनअन्तर्गत तार जाली खरिद गर्ने, व्यास नगर कोभिड व्यवस्थापनका लागि २५ शैय्याको अस्पताल भवन निर्माण गर्ने निर्णय भएको सूचना अधिकृत पण्डितले बताए ।
यसैगरी व्यास नगरपालिकाअन्तर्गत बहुउद्देश्यीय भवन र दक्षिण पूर्वतर्फ रहेको आरसिसी भवनको छतमा कार्यालय व्यवस्थापनका लागि ट्रस निर्माण, कृषि एम्बुलेन्स सञ्चालनका लागि गाडी खरिद गर्ने निर्णय गरेको छ ।
व्यास नगरपालिकाअन्तर्गत नगरसभाबाट पारित सङ्गठन व्यवस्थापन संरचनामा विशेष नगरसभाबाट अनुमोदन गर्ने गरी संशोधन गरी हाल सात शाखा रहेकोमा नौ शाखा कायम गर्ने निर्णय गरेको छ ।
व्यास नगरपालिकाभित्रका माध्यमिक, आधारभूत र प्रावि शिक्षकको दरबन्दी मिलान गर्दै केहि शिक्षकको काज सरुवा गर्ने निर्णय गरिएको छ ।
व्यास नगरपालिकाभित्रका विद्यालयमा भौतिक दूरी कायम गर्दै २०७८ साउन मसान्तभित्र नियमानुसारका अभिभावकबाट व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ ।
निषेधाज्ञा अवधि २०७८ साउन मसान्तसम्म भौतिक उपस्थितिमा कक्षा सञ्चालन नगर्न सबै सामुदायिक एवं संस्थागत विद्यालयलाई निर्देशन दिने निर्णय गरेको छ ।
विपदबाट असर पुगेका, घर गुमाएका लाभग्राहीको विवरण सङ्कलन गरी समितिबाट निर्णय गराई नगर विपद् समितिमा पेश गर्न सम्बन्धित वडा विपद् समितिलाई निर्देशन दिने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।
कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको अवस्था देखिँदा सबै वडामा आवश्यकताअनुसार सङ्क्रमण परीक्षण अभियान सञ्चालन गर्न स्वास्थ्य तथा जनसङ्ख्या शाखालाई र सबै वडा समिति र स्वास्थ्यकर्मी एवं स्वास्थ्य स्वयमंसेवीलाई सचेतना अभियान सञ्चालन गर्न निर्देशन दिने निर्णय गरिएको छ ।
यसैगरी, सम्पूर्ण नगरवासीमा मास्क अनिवार्यरुपमा प्रयोग गर्न, साबुनपानीले नियमित हात धुन वा स्यानिटाइजर प्रयोग गर्न, लापर्वाहीपूर्वक बाहिर नजान अनुरोध गर्ने निर्णय गरेको छ भने पिसिआर प्रयोगशाला जडान भइसकेकाले जनशक्ति व्यवस्थापन हुनासाथ सञ्चालन गर्ने निर्णय गरेको छ ।










झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबलाई
प्रधानमन्त्रीद्वारा स्थानीय जनप्रतिनिधिसँग छलफल
दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा विरोधमा
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा उत्रिए बासिन्दा
क्रिकेटः नेपालद्वारा भारत ९२ रनले पराजित
बागलुङमा पिकअप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो
कांग्रस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
मधेश प्रदेशका सांसद रहबर अन्सारीले आफ्नै अनुहारमा दले कालो मोसो
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
प्रतिक्रिया