लाखाैं रुपैयाँको अवैध खाद्य पदार्थ बरामद

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतअन्तर्गत अस्थायी प्रहरी पोष्ट बबईले १४ लाख ७५ हजारको अवैध खाद्य पदार्थ बरामद गरेको छ ।
प्रहरीले नेपालगञ्जदेखि सुर्खेत जाँदै गरेको रा १ क ११५६ नम्बरको ट्रकमा अवैध खाद्य तथा सुर्तीजन्य पदार्थ बरामद गरेको हो ।
कर्णाली प्रदेशको प्रवेशद्वार बबईमा शुक्रबार १४ लाख ७५ हजार ९६६ बराबरको अवैध खाद्य पदार्थ बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।
प्रहरी नायब उपरीक्षक घर्तीले भेरीगङ्गा नगरपालिका–५ सुर्खेत बबईमा अवैध खाद्य तथा सुर्तीजन्य पदार्थ बोकेको ट्रकसहित त्रिवेणी गाउँपालिका–३ रोल्पाका २४ वर्षीय ट्रक चालक खुमबहादुर पुनमगरलाई नियन्त्रण लिई आवश्यक कारवाहीका लागि खाद्यवस्तु, ट्रक र चालक पुनमगरलाई राजस्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा पठाइएको बताए ।
















मेची पुलको ब्यारिकेटमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
बागलुङमा झण्डै २७ करोडको सुन्तला उत्पादन
झापा गोल्डकपको सातौँ संस्करण माघ २४ देखि सुरु हुँदै
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया