भेरी अस्पतालमा २ जना संक्रमितको मृत्यु
काठमाडौँ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारत दुई कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा गुलरिया नगरपालिका ९ का ५० वर्षीय पुरुष र बारबर्दिया नगरपालिका २ का ५२ वर्षीय पुरुष रहेका जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र, बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।
योसँगै कोरोना संक्रमण भई अन्यत्र जिल्लाबाट बाँके आएका ३८३ को मृत्यु भएको छ । जिल्लाका अस्पतालमा कोरोना उपचारका लागि भर्ना हुने र मृत्यु हुने संक्रमितको संख्या पुनःबढ्दै गएको छ ।
संक्रमण दर बढ्दै गएपछि प्रशासनले भीडभाड नगर्न र स्वास्थ्य मापदण्डलाई पूर्णरुपमा पालना गर्न पुनः सचेत पारेको छ । परीक्षणको नतिजाबाट संक्रमणको दर उच्च हुँदै गएको र अस्पतालमा पनि कोरोनाका बिरामीको चाप बढ्दै गएकाले रोकथाम र नियन्त्रणका लागि पूर्वसावधानी अपनाई संक्रमणदर शून्यमा झार्न सबैको अह्म जिम्मेवारी र भूमिका रहेको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया