अमेरिकामा ५० प्रतिशतलाई पूर्ण खोप

वासिङ्टन । अमेरिकामा अहिलेसम्म आधा जनसंख्याले मात्रै कोरोनाभाइरसविरुद्धको पूर्ण खोप लगाएका छन् ।
विश्वकै अति विकसित, सचेत, सुविधा सम्पन्न र शक्तिशाली मानिने मुलुकमा नै अहिलेसम्म ५० प्रतिशतले मात्रै पूर्ण खोप लगाएका हुन् ।
पछिल्लो एक हप्तामा ११ प्रतिशत मानिसले खोप लगाएको पाइएको छ । दुई हप्ता अगाडि ४४ प्रतिशतले मात्रै पूर्ण खोप लगाएको अधिकारीले जनाएका छन् ।
खोप लगाउनेको सङ्ख्या तीव्ररुपमा बढ्दै जाने अपेक्षा गरिएको पनि अधिकारीले बताएका छन् ।
अपेक्षितरुपमा धेरै मानिसले खोप नलगाएपछि अमेरिकी सरकारले खोप लगाउन देशवासीलाई पटकपटक विषेश अनुरोध गर्दै आएको छ ।
खोप लगाउनेको सङ्ख्या बढाउन अमेरिकी सरकारले विभिन्न प्याकेजसमेत ल्याएको छ । अमेरिकी सरकारले केही दिन अगाडि खोप लगाउनेलाई १०० डलर दिने घोषणासमेत गरेको थियो ।
कोरोनाभाइरसका विभिन्न भेरिएन्टको महामारीका कारण अमेरिकामा अहिलेसम्म तीन करोड ६४ लाखभन्दा बढी सङ्क्रमित भएका छन् । त्यसैगरी छ लाख ३२ हजार ६४१ जनाको कोरोनाका कारण मृत्यु भएको छ । एजेन्सी
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया