५ मन्त्रालयमा मन्त्रीसँगै सचिवको पद रिक्त, एकै कार्यालयमा पुगे ९ सचिव

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको एक महिना पुग्न लाग्दा २० वटा मन्त्रालय खाली छ । मन्त्रालयमा मन्त्री मात्र होइन उच्च स्तरको कर्मचारी अर्थात सचिवहरूको पदसमेत खाली बन्न पुगेको छ ।
गठबन्धन दलहरूको साथमा प्रधानमन्त्री बनेका देउवालाई मन्त्री मण्डल विस्तार गर्न कठिन भएजस्तै मन्त्रालयमा सचिवहरू ल्याउनसमेत कठिन भएको हो । मन्त्रालयमा भागबण्डा मिलाउन नसकेका प्रधानमन्त्रीले विभिन्न महत्वपूर्ण मन्त्रालयमा मन्त्रीसँगै सचिव नियुक्त गर्न नसकेका हुन् ।
मन्त्रालयमा परेको भाग बण्डाका आधारमा सचिवहरू सरुवा गर्ने देउवाको तयारी छ । रक्षा मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र वन तथा वातावरण मन्त्रालयमा सचिवको पदसमेत खाली बन्न पुगेको हो ।
मन्त्रालयमा मन्त्रीसँगै सचिवहरू नहुँदा काम कारवाहीमा समस्या उत्पन्न सुरु भएको छ । लामो समयदेखि मन्त्री र सचिव नहुँदा मन्त्रालयका दैनिक कामसमेत रोकिएको एक कर्मचारीले जानकारी दिए ।
स्रोतका अनुसार पाँचजना सचिवलाई जिम्मेवारीविहीन बनाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राखिएको छ । बढुवा भएका सचिवलाई समयमै पद स्थापन नगर्दा उनीहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिन बिताउन बाध्य भएका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्त समूहमा रहेका सचिवहरूमा कृष्णहरि पुष्कर कर्ण, खगेन्द्रप्रसाद नेपाल, किरण राज शर्मा, रामप्रसाद घिमिरे र हरिप्रसाद मैनाली रहेका छन् । प्रधानमन्त्री कार्यालयमा यसअघि चारजना सचिव रहेकोमा बढुवा भएका पाँचजना थपिएपछि उक्त कार्यालयमा नौजना सचिव छन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ईश्वर पोखरेललाई रक्षा मन्त्रीबाट हटाइएदेखि विभागीय मन्त्री पाउन नसकेको रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डे अनिवार्य अवकाशसँगै मन्त्रालयको सचिव पद रिक्त छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा दुई जना सचिवको व्यवस्था गरिएकोमा डा. कृष्णप्रसाद आचार्य (पशुपन्छी विकास)तर्फ सचिव छन् । तर, कृषि विकासतर्फ सचिव डा. योगेन्द्र कुमार कार्की अवकाश प्राप्त गरेसँगै उक्त सचिवको पद हुन पुगेको हो ।
सहसचिवको भरमा सञ्चालन भइरहेको सञ्चार मन्त्रालय सचिव हरिप्रसाद बस्यालको अवकाशपछि खाली उक्त पद खाली हुन पुगेको थियो । सरकारले स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य राज्यमन्त्री नियुक्त गरे पनि विभागीय मन्त्री नियुक्त गर्न सकेको छैन ।
व्यापारीलाई स्वास्थ्य राज्यमन्त्री दिएपछि चौतर्फी आलोचना खेपेका देउवाले महामारीको विषम परिस्थितिमा सचिवसमेत नियुक्त गर्न नसक्दा थप आलोचना खेप्नु परेका छन् । दुई सचिवको दरबन्दी रहेको मन्त्रालयमा प्रशासनतर्फका सचिव लक्ष्मण अर्यालको सरुवा भएपछि उक्त ठाउँ रिक्त भएको हो । मन्त्रालयको स्वास्थ्य सेवातर्फ सचिवमा डा. रोशनपोखरेल नियुक्त भएका छन् ।
वन तथा वातावरण मन्त्रालयमा वनतर्फ एक र वातावरणतर्फ एक गरी दुई सचिवको व्यवस्था गरिएको छ । तर, हाल सचिव डा. प्रेम नारायण कँडेल रहेका छन् भने अर्को सचिव पद रिक्त रहेको छ ।
मन्त्रीसँगै सचिव नहुँदा रक्षा, स्वास्थ्य, वन, शिक्षा र कृषि जस्ता महत्वपूर्ण मन्त्रालयमा प्रशासनिक कार्यहरु अपुरो र अधुरो हुन थालेको छ ।

दया दुदराज
<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>










हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
प्रधानमन्त्री कप छनोटः गजेन्द्रको शतकमा निङ्गलाशैनी विजयी
रुन्चे गायकको ‘बुढाबुढी’ गीत सार्वजनिक
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
बलिउड अभिनेता धर्मेन्द्रको मृत्युको अफवाह फैलिएपछि सन्नी देओल के भन्छन् ?
आज २०८२ साल कात्तिक २६ गते बुधबारको राशिफल
वायुसेवा निगमको महाप्रबन्धक नियुक्तिको प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
यस्ता छन् मन्त्रिपरिषद्का १७ निर्णय
फुटबलबाट सन्यास लिँदै रोनाल्डो
प्रतिक्रिया