शनिबार, माघ १७, २०८२

आज सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने

मेरोन्यूज २०७८ साउन २४ गते ६:३५

काठमाडौं । हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। हाल देशका अधिकांश भूभागकाे माैसम सामान्यदेखि पूर्ण बदली रहेको छ ।

बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै राती देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

प्रदेश १ र बाग्मती प्रदेशको एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया