सकियो सत्ता गठबन्धनको बालुवाटार बैठक
साझा कार्यक्रम आजै दिउँसो सिंहदरवारवाट सार्वजनिक गरिने, त्यसपछि मन्त्रीपरिषद् विस्तारमा थप छलफल गर्ने

काठमाडौं । सत्ता गठबन्धन दलको बालुवाटार बैठक सकिएको छ । विहान ११ बजेवाट शुरु भएको बैठकले सरकारको साझा नीति तथा कार्यक्रम बनाउन गठित कार्यदलले दिएको प्रतिवेदनमा केन्द्रीत रहेर छलफल गरेको थियो ।
छलफल पछि कार्यदलले प्रधानमन्त्री शेरवहादुर देउवा सहित शीर्ष नेतालाई शुक्रवार नै वुझाएको नीति तथा कार्यक्रम आज सिंहदरवारवाट सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ ।
अपारन्ह ४ वजे सिंहदरवारवाट अव सरकारको साझा नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम बनेको छ, आजको वालुवाटार वैठकमा नीति तथा कार्यक्रमकै विषयमा केन्द्रीत रहेर कुराकानी भएको थियो,’ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)का प्रेस विज्ञ विष्णु सापकोटा (जुगल)ले जानकारी दिए ।
कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का संयोजकत्वको ७ सदस्यीय कार्यदल गठन गरेको थियो ।
आज सरकारको साझा कार्यक्रम सार्वजनिक गरेपछि अव मन्त्रिपरिषद् विस्तारका विषयमा थप छलफल गर्ने गठवन्धन दलले बताएका छन् ।
















29 dead, 190 injured in six months in Sarlahi
HoR election: 1,442 employees to be deployed in Baitadi
दलका घोषणापत्रमा आर्थिक मुद्दाले प्राथमिकता पाउन सकेनन् : अध्यक्ष ढकाल
32 days to HoR elections: Ballot papers printed for 18 constituencies in 15 districts
वीरगन्ज हुँदै ६ महिनामा ७ अर्ब ६४ करोडको दलहन भित्रियो
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
प्रतिक्रिया