सुनको मूल्य तोलामा ५ हजारले बढ्यो
मेरोन्यूज
२०८२ चैत १५ गते ११:३५

काठमाडौँ। स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । सुन तोलामा रु पाँच हजारले र चाँदी रु ५० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ८६ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ७२० कायम भएको छ ।
गत शुक्रबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ८१ हजार र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ६७० कायम भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार १७० र त्यति नै परिमाणको चाँदी ८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
सम्बन्धित
















Israel’s Foreign Minister congratulates Nepali counterpart
गैँडाकोटको हनुमान् मन्दिरलाई धार्मिक पर्यटन प्रवद्र्धन गरिँदै
सुनको मूल्य तोलामा ५ हजारले बढ्यो
पूर्वमन्त्री दीपक खड्का पक्राउको यस्तो छ कारण
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
शपथलगत्तै एमाले सांसदहरूलाई च्यासल आउन निर्देशन
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया