‘भ्रष्टाचारमुक्त विश्वविद्यालय’ अभियान थालेदेखि आफूविरुद्ध घेराबन्दी : उपकुलपति सिंह

कर्णाली । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले बेथितिमा गुज्रिरहेको विश्वविद्यालयमा सुधार ल्याउन खोज्दा आफूविरुद्ध घेराबन्दी भएको बताएका छन् ।
आज आयोजित पत्रकार सम्मेलनमा उनले विश्वविद्यालयको लेटरप्याड, छाप र प्रशासन प्रमुखको हस्ताक्षर दुरुपयोग गरी आपराधिक गिरोहले आफ्नो मृत्युबारे अपवाह फैलाइएको बताए ।
शनिबार विश्वविद्यालयकै लेटरप्याडमा उपकुलपतिसिंहको मृत्यु विवरण समेटिएको पे्रस विज्ञप्ति सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । उपकुलपति सिंहले भ्रष्टाचार नियन्त्रण र प्राज्ञिक सुधारका योजना अघि सार्दा आफूविरुद्ध चौतर्फी घेराबन्दी भएको टिप्पणी गरे ।
“अत्यन्त निकृष्ट शब्द प्रयोग गरेर मेरो मृत्यु घोषणा गरियो, यसबाट म विचलित हुनेछैन्”, उनले भने, “पदमा रहुञ्जेल विश्वविद्यालय सुधारेरै छाड्छु, गलत गर्नेलाई कुनै हालतमा छुट दिन्न ।” उनले आफ्नो मृत्यु भएको भनी विज्ञप्ति जारी गर्ने आपराधिक गिरोहविरुद्ध साइबर अपराध र सरकारी कागजात दुरुपयोगसम्बन्धी मुद्दा दायर गरेको जानकारी दिए ।
आफूले ‘भ्रष्टाचारमुक्त विश्वविद्यालय’ र पारदर्शिताको अभियान थालेदेखि विगतमा ‘बिल मिलाएर खानेहरु’ आफूविरुद्ध लागेको उपकुलपति सिंहको आरोप थियो ।
उपकुलपति सिंहले विश्वविद्यालय प्रशासन विद्यार्थी र प्राध्यापकहरुका जायज माग सम्बोधन गर्न तयार रहे पनि उनीहरु वार्तामा आउन नचाहेकाले समस्या समाधान हुन नसकेको बताए । केही उद्दण्ड तत्वहरुले भौतिक संरचनामा पु¥याएको क्षतिबारे प्रमाणसहित उपलब्ध गराउँदासमेत प्रहरीले बेवास्ता गरेको गुनासो गरे ।
त्यस्तै उपकुलपतिविरुद्ध आपराधिक कार्य गर्नेको पहिचान गरी कानूनी कारबाही गर्न विश्वविद्यालय प्रशासनका साथै विभिन्न प्राध्यापक र विद्यार्थी संगठनहरुले माग गरेका छन् ।










कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सञ्चारमन्त्रीको निर्देशन
बलिउडमा ‘नक्कली चमक’ विवाद : हेरफेर गरिएका समीक्षा र फुलाइएका अङ्कले विश्वसनीयता सङ्कट
कांग्रेसका युवा नेताहरुद्वारा ‘कांग्रेस सुधार अभियान’
पूर्व प्रधानमन्त्री शेख हसिनाको मृत्युदण्ड र बङ्गलादेशको राजनीतिक भविष्य
म्यानमारमा ठगीमा परेका ३७ नेपाली स्वदेश फर्काइए
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
जाडोमा गुड खानुका फाइदै फाइदा, दिनमा कति खाने ?
प्रतिक्रिया