‘भ्रष्टाचारमुक्त विश्वविद्यालय’ अभियान थालेदेखि आफूविरुद्ध घेराबन्दी : उपकुलपति सिंह

कर्णाली । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले बेथितिमा गुज्रिरहेको विश्वविद्यालयमा सुधार ल्याउन खोज्दा आफूविरुद्ध घेराबन्दी भएको बताएका छन् ।
आज आयोजित पत्रकार सम्मेलनमा उनले विश्वविद्यालयको लेटरप्याड, छाप र प्रशासन प्रमुखको हस्ताक्षर दुरुपयोग गरी आपराधिक गिरोहले आफ्नो मृत्युबारे अपवाह फैलाइएको बताए ।
शनिबार विश्वविद्यालयकै लेटरप्याडमा उपकुलपतिसिंहको मृत्यु विवरण समेटिएको पे्रस विज्ञप्ति सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । उपकुलपति सिंहले भ्रष्टाचार नियन्त्रण र प्राज्ञिक सुधारका योजना अघि सार्दा आफूविरुद्ध चौतर्फी घेराबन्दी भएको टिप्पणी गरे ।
“अत्यन्त निकृष्ट शब्द प्रयोग गरेर मेरो मृत्यु घोषणा गरियो, यसबाट म विचलित हुनेछैन्”, उनले भने, “पदमा रहुञ्जेल विश्वविद्यालय सुधारेरै छाड्छु, गलत गर्नेलाई कुनै हालतमा छुट दिन्न ।” उनले आफ्नो मृत्यु भएको भनी विज्ञप्ति जारी गर्ने आपराधिक गिरोहविरुद्ध साइबर अपराध र सरकारी कागजात दुरुपयोगसम्बन्धी मुद्दा दायर गरेको जानकारी दिए ।
आफूले ‘भ्रष्टाचारमुक्त विश्वविद्यालय’ र पारदर्शिताको अभियान थालेदेखि विगतमा ‘बिल मिलाएर खानेहरु’ आफूविरुद्ध लागेको उपकुलपति सिंहको आरोप थियो ।
उपकुलपति सिंहले विश्वविद्यालय प्रशासन विद्यार्थी र प्राध्यापकहरुका जायज माग सम्बोधन गर्न तयार रहे पनि उनीहरु वार्तामा आउन नचाहेकाले समस्या समाधान हुन नसकेको बताए । केही उद्दण्ड तत्वहरुले भौतिक संरचनामा पु¥याएको क्षतिबारे प्रमाणसहित उपलब्ध गराउँदासमेत प्रहरीले बेवास्ता गरेको गुनासो गरे ।
त्यस्तै उपकुलपतिविरुद्ध आपराधिक कार्य गर्नेको पहिचान गरी कानूनी कारबाही गर्न विश्वविद्यालय प्रशासनका साथै विभिन्न प्राध्यापक र विद्यार्थी संगठनहरुले माग गरेका छन् ।

















इरानकाे विद्यालयमा अमेरिकी-इजरायली सैन्य हमलाः ५३ बालिकाको मृत्यु
मध्यपूर्वको तनाव: वार्तामा फर्किन राष्ट्रसङ्घको आग्रह
बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
चुनावका दिन एम्बुलेन्ससहित यी आठ प्रकारका सवारी साधनलाई पास नचाहिने
अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्दै न्यू समिट माध्यमिक विद्यालय
सिंहदरबार पुनर्निर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन : रवि लामिछाने
फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म सवारीसाधन चलाउन नपाइने
चुनावको मुखमा सिंगापुर उडे पूर्वसभापति देउवा
आज बिहीबार कुन राशिका लागि शुभ ? हेराैँ राशिफल
प्रतिक्रिया