लुम्बिनी प्रदेशको अधिवेशन रोक्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले बोलाएको विशेष अधिवेशन रोक्न दायर गरेको रिट सर्वोच्च अदालतले अस्वीकार गरेको छ । प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्तावबारे छलफल गर्न प्रदेश प्रमुखले अधिवेशन बोलाएका थिए ।
प्रदेश प्रमुख शेरचनले आगामी २७ गते बोलाएको अधिवेशन रोक्न माग गर्दै अधिवक्ता प्रवेश केसी रिट लिएर सर्वोच्च पुगेका थिए । तर, सर्वोच्चले असम्बन्धित व्यक्ति रिट लिएर उपस्थित भएको भन्दै दरपीठ (अस्वीकार) गरिदिएको सर्वोच्चले जनाएको छ ।
पोखरेलविरुद्ध विपक्षी चार दलको गठबन्धनले अविश्वास प्रस्ताव पेश गर्दै प्रदेश प्रमुखलाई विशेष अधिवेशन बोलाउन माग गरेको थियो । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाका ३४ जना प्रदेशसभा सदस्यहरूले हस्ताक्षरसहित प्रदेश प्रमुखलाई पत्र बुझाएपछि आगामी २७ गते अधिवेशन आह्वान गरिएको हो ।
सर्वोच्चले दरपीठसँगै २७ गते बस्ने प्रदेशसभाको विशेष अधिवेशन बस्ने भएको छ । उक्त अधिवेशनमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल हुने छ ।
















आज केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
बिपी राजमार्गमा सवारी सञ्चालनमा रोक
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया