सञ्चालित परीक्षा नरोक्ने त्रिविको निर्णय
मेरोन्यूज
२०७८ साउन २४ गते १९:३९

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले कुनै परीक्षाहरू नरोकिने जनाएको छ । विश्वविद्यालयले हाल सञ्चालन भइरहेका कुनै परीक्षा नरोकिने जनाएको हो ।
आइतबार बसेको त्रिवि परीक्षा सुधार तथा समन्वय समिति र प्राविधिक परिषदको बैठकले सञ्चालन भइरहेको परीक्षा नरोकिने निर्णय गरेको हो । विद्यार्थी संख्या थोरै भएकाले स्वास्थ्य मापदण्डअनुसार परीक्षा सञ्चालन गर्ने निर्णय भएको त्रिविले जनाएको छ ।
त्रिविले सञ्चालन गरिरहेको वार्षिक परीक्षाहरु आगामी साउन २९ गते र सेमेष्टर प्रणालीको परीक्षा भदौ ५ गते सकिने छ ।
कोरोना संक्रमितको संख्या बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षाहरू स्थगित गर्न सिफारिस गरेको थियो । सो सिफारिससँगै कक्षा १२ को परीक्षा स्थगित गरिएको छ भने अन्य परीक्षाहरु रोक्नु पर्ने आवाज उठ्दै आएको छ ।
सम्बन्धित

















गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
मध्यपूर्वी द्वन्द्व चर्किँदै, सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सर्न आग्रह
राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीले गराइन् निर्वाचनबारे जानकारी
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
प्रतिक्रिया