एमालेको स्थायी र केन्द्रीय कमिटी बैठक आज एकै दिन
विधान अधिवेशन, वडा गाउँ अधिवेशन र आन्तरिक विवादका विषयमा छलफल हुँदै

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी र केन्द्रीय कमिटीका बैठक आज एकै दिन बोलाएको छ । अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बिहान ११ बजे बोलाएका छन् ।
स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने एजेण्डा तय गर्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
स्थायी कमिटी बैठक सकिएपछि दिउँसो ३ बजे केन्द्रीय कमिटी बैठक बस्दैछ । दुवै बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बस्नेछ ।
केन्द्रीय कमिटी बैठकमा आसन्न विधान अधिवेशन, वडा गाउँ अधिवेशन र पार्टी भित्रको आन्तरिक विषयमा छलफल हुने नेता विशाल भट्टराईले जानकारी दिए । एमालेले विधान अधिवेशन भदौ अन्तिम साता गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।
अध्यक्ष ओलीले बोलाएका बैठक वरिष्ठ नेता माधवकुमार नेपाल समूहले भने बहिस्कार गर्दै आएको छ ।
सो समूहको गत शुक्रबार सकिएको केन्द्रीय कमिटी बैठकले १० बुँदे सहमतिको आधारमा पार्टी एकता सार्थक निष्कर्षमा पुर्याउनुपर्ने निर्णय गरेको छ । तर सहमति नजुटेसम्म ओलीले बोलाएको बैठकमा नजाने यो समूहका नेताहरुले अडान लिदै आएका छन् ।
















आज केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
बिपी राजमार्गमा सवारी सञ्चालनमा रोक
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
प्रतिक्रिया