कांग्रेसको १४ औं महाधिवेशन
कांग्रेस महाधिवेशन मंसिरमा सर्ने !
‘निर्धारित मितिमा महाधिवेशन हुने सम्भावना टर्यो । अब मंसिरमा सार्ने तयारीमा छौं ।’

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन फेरि सर्ने निश्चित भएको छ । २८ साउनमा बोलाइएको केन्द्रीय कार्यसमिति बैठकले औपचारिक रुपमै १४ औं महाधिवेशन मंसिरमा सार्नेछ ।
महाधिवेशन मंसिरमा गर्नेगरी कार्यातालिका बनाउन प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालय र आफ्नो सचिवालयलाई निर्देशन दिएका छन् । महाधिवेशन सार्ने तयारी गर्नुअघि सभापति देउवाले निर्वाचन आयोग र दलसम्बन्धी कानुनका जानकार र सर्वोच्च अदालतसँगसमेत परामर्श गरेका थिए । प्रमुख निर्वाचन आयुक्तलाई बोलाएर र सर्वोच्च अदालतका प्रतिनिधिसँग भने टेलिफोनमा कुराकानी गरेपछि मंसिरमा महाधिवेशन सार्नेगरी तयारी गर्न सचिवालयलाई निर्देशन दिएका हुन् ।
महाधिवेशनको कार्यतालिका कसरी गराउने भन्ने जिम्मेवारी महामन्त्री पूर्णबहादुर खड्कालाई दिएको देउवानिकट स्रोतले जानकारी दियो । अनौपचारिक कुराकानीका क्रममा महामन्त्री खड्काले महाधिवेशनबारे केही गृहकार्य भइरहेको स्वीकारे पनि सार्ने र नयाँ कार्यातालिका बनाउने विषयमा औपचारिक निर्णय आएपछि थाहा हुने भनेर टारे ।
देउवाले महाधिवेशन मंसिरसम्म पु¥याउनेबारे नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलासँग छुट्टाछुट्टै र संयुक्त छलफल गरेका थिए । क्रियाशील सदस्यताको विवाद समाधानका विषयमा छएका उनीहरुसँगका छलफलमा यो विषयमा पनि छलफल भएको हो । उनीहरुले ग्रीन सिंनल दिएपछि उनी महाधिवेशन सार्न सचिवालयलाई निर्देशन दिएर त्यसलाई पारित गर्न २८ साउनमा केन्द्रीय कार्यसमितिको बैठक बोलाएका हुन् ।
कांग्रेस विधानमा प्रत्येक चार-चार वर्षमा महाधिवेशन गर्नुपर्छ । १३ महाधिवेशनबाट निर्वाचित देउवा नेतृत्वको कार्यसमितिकोे अवधि २०७६ फागुन २३ मा सकिएको हो । विधानमा भएको आपतकालिन अवस्था भन्ने क्लजलाई टेकेर केन्द्रीय समितिले आफ्नो कार्यकाल २०७७ फागनु २३ सम्म सार्यो । त्यसमा पनि कोभिड–१९ महामारीले गर्न नसक्ने भएपछि संविधानमा भएको व्यवस्था उपयोग गरी भदौ २३ गतेसम्मलाई सारियो ।
केहीले त २३ भदौमा वडा अधिवेशन गरेर केन्द्रीय महाधिवेशन मंसिरमा सार्न सुझाएका थिए । अझै पनि भदौ मै सुरु गरेर मंसिरमा केन्द्रीय अधिवेशन पुर्याउने विषयमा छलफल जारी छ । तर, क्रियाशील विवाद चार जिल्ला र १०० वडामा नमिलेकाले सुरु गर्न सक्ने नसक्ने भन्नेमा अन्यौल नै छ ।

निर्धारित मितिमा महाधिवेशन हुने सम्भावना टर्यो । अब मंसिरमा सार्ने तयारीमा छौं । धेरै साथीहरुले निर्वाचनपछि महाधिवेशन सार्न सुझाव दिनु भएको थियो, सभापतिले मान्नुभएन ।
– एनपी साउद, केन्द्रीय सदस्य, नेपाली कांग्रेस
महाधिवेशन मंसिरसम्म सार्ने र तयसका लागि २८ साउनको केन्द्रीय समितिमा कार्यतालिका पेस गर्ने तयारीमा सभापति र पार्टीको केन्द्रीय कार्यालय लागेको देउवाका विश्वासपात्र केन्द्रीय सदस्य एनपी साउदले जानकारी दिए । ‘निर्धारित मितिमा महाधिवेशन हुने सम्भावना टर्यो । अब मंसिरमा सार्ने तयारीमा हामी छौं । त्यसका लागि सभापतिज्यूको सचिवालय र पार्टी केन्द्रीय कार्यालयले तयारी गरेको छ । २८ गतेको केन्द्रीय समितिमा पेस हुन्छ,’ साउदले भने ।
धेरै नेताहरुले तीन तह (संघ, प्रदेश र स्थानीय तह)को निर्वाचन सम्पन्न भएपछि महाधिवेशन गर्नेगरी वातावरण मिलाउन भने पनि सभापति देउवाले मंसिर भन्दा पर सार्न नसकिने भन्दै त्यसको तयारी गर्न निर्देशन दिएका हुन् । ‘धेरै साथीहरुले निर्वाचनपछि महाधिवेशन सार्न सुझाव दिनु भएको थियो, सभापतिले मान्नुभएन,’ साउदले भने ।
अहिले कांग्रेसले १४ औं महाधिवेशनको मिति आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा कार्यतालिकासहित तोकेको थियो । तर, त्यसमा तोकिएको वडा र गाउँ-नगर अधिवेशनको मिति घर्किसकेको छ ।

















इरानमाथि दबाब बढाउँदै अमेरिका : सैन्य उपस्थिति बढायाे
शेख हसिनाको विज्ञप्ति: बंगलादेशको निर्वाचन ‘पूर्वनियोजित छल र प्रहसन’
शान्तिको यात्रा तय गर्ने ऐतिहासिक बैठकस्थल चुनबाङमा प्रचण्ड
Driver killed after car falls into Phewa Lake
सुनसरीमा दुई मोटरसाइकल ठोक्किँदा ४९ वर्षीय पुरुषको मृत्यु
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
4 die, 5 injured in firing incidents in Karachi
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
प्रतिक्रिया