कांग्रेसमा तात्तिदै राजनीति
देउवाले महाधिवेशन सार्ने तयारी गरेपछि पौडेल पक्ष आन्तरिक छलफलमा
ठमेलको यात्री होटलमा ४७ जिल्ला सभापतिसँग पौडेल समुहको छलफल, आजै शसांक निवासमा निकट केन्द्रीय सदस्यहरुको बैठक बस्दैं
काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन तोकिएको समयमा नहुने र सभापति शेरवहादुर देउवाले मंसिरमा माहाधिवेशन सार्ने तयारीका साथ विकल्प खोजेपछि कांग्रेसको सस्थापनइतर समुहका नेता रामचन्द्र पौडेलले आफु पक्षका नेताहरुको भेला र बैठक बोलाएका छन् ।
जिल्ला सभापतिको भेला अहिले काठमाडौंको ठमेलमा रहेको यात्री होटेलमा वसिरहेको छ भने दिँउसो ३ वजे महामन्त्री डा शसांक कोइरालाको निवास महाराजगञ्जमा आफु पक्षका केन्द्रीय सदस्यहरुको बैठक पनि पौडेल पक्षले बोलाएको छ ।
महाधिवेशन आउन २३ दिन बाकी रहदा सम्म सभापति देउवाले महाधिवेशनको तयारीका लागि गर्नुपर्ने काम नगरी मंसिरमा सार्ने गरी भित्री तयारी थालेपछि पौडेल पक्षले जिल्ला सभापति तथा केन्द्रीय सदस्यहरुको अलग अलग भेला र बैठक बोलाएको हो ।
यो बैठक अगाडी सोमबार विहान मात्रै वरिष्ठ नेता पौडेलले असफल ब्यक्तिले बारम्बार सत्ताको नेतृत्व गर्नु देशकै विडम्वना भएको भन्दै देउवाप्रति कडा कटाक्ष नै गरेका थिए । उनले तोकिएको समयसीमाभित्र पार्टीको १४ औं महाधिवेशन गराउन नसकेर निर्वाचन आयोगसँग भिख माग्ने निरिह अवस्थामा पुर्याएको गम्भिर आरोप समेत देउवामाथी लगाएका थिए ।
पौडेलले निर्धारित मितिमा महाधिवेशन गराउन नसक्ने अवस्था आए १३ औं महाधिवेशनका प्रतिनिधीलाई सहभागी गराएर तत्कालका लागि विशेष महाधिवेशन बोलाएर तर्दथ समिति केही समयका लागि बनाएर जानका लागि प्रस्ताव देउवासँग गदै आएका थिए ।
तर देउवाले विशेष महाधिवेशन होइन नियमित महाधिवेशन नै हुने भन्दै पौडेलको त्यस्तो प्रस्तावलाई अश्वीकार गदै आएका थिए । तर शुक्रवार देउवाले आफुलाई भेटन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटन पुगेका गगन थापा, गुरुराज घिमिरे, सरिता प्रसाई, घनराज गुरुड लगायतका युवा नेताहरुसँगको छलफलमा अव के गर्ने भन्ने विषयमा निर्वाचन आयोगसँग पनि परामर्श गर्ने बताएका थिए ।
देउवाले आयोगसँगको परामर्शका आधारमा सर्वाेच्चले गत वर्ष लकडाउनका बेला कर तिर्न सून्य समय मानेकोलाई पार्टीको महाधिवेशनमा प्रयोग गर्न चाहेको, आयोगलाई जरिवाना तिरेर भनेपनि केही समय लिएर वैधानिकता जोगाउन चाहेको संकेत गरेपछि पौडेलले देउवाप्रति आक्रोश पोख्दै थप रणनीतिका लागि जिल्ला सभापति तथा केन्द्रीय सदस्यहरुको अलग अलग भेला र बैठक बोलाएका हुन् ।
काग्रेसले विद्यानतस् ४ वर्षमा महाधिवेशन गर्नुपर्ने ब्यवस्था छ । तर उसले विद्यानको ब्यवस्था अनुसार थप एक वर्ष र संविधानको ब्यवस्था अनुसार अर्को थप ६ महिनाको समय समेत लिईसकेको छ । तर पनि महाधिवेशन हुने नहुने कांग्रेसमा अन्यौल नै छ । २३ भदौं सम्म पनि महाधिवेशन गर्न नसके कांग्रेसलाई संवैधानिक संकट आउने छ ।
म्हाधिवेशनको मुखमा आउँदा सम्म अझै क्रियाशिल सदस्यता विवाद जस्ताको तस्तै रहेको , विभिन्न चार जिल्लासहित करिब १०० वडामा देखिएको क्रियाशील सदस्यता विवाद तथा तल्लो तहका अधिवेशन पनि हुन नसकेको अवस्थामा सभापति शेरबहादुर देउवाको चाहना अनुसार महाधिवेशन सर्ने पक्का भएपछि पौडेल समूह आफनो पक्षको रणनीति बनाउन सक्रिय भएको हो।
देउवाले साउन २८ गते केन्द्रीय कमिटिको वैठक बोलाएका छन् । त्यस अगाडी नै उनले निर्वाचन आयोगका पदाधिकारीलाइ बोलाएर वालुवाटारमा छलफल गरिसकेका छन् भने अदालतमा पनि कतिपय साग टेलिफोन सम्वाद गरेको स्रोतको भनाई छ ।
देउवाले आफुहरुको प्रस्तावका आधारमा विशेष महाधिवेशन नगर्ने तर महाधिवेशन सार्ने रणनीति बनाउन थालेपछि पौडेल पक्ष रणनीति निर्माणमा छलफलमा जुटेको हो । देउवाले २८ साउनमा बोलाएको केन्द्रीय कमिटि बैठक अगाडी नै एउटा धारणा बनाएर जाने विषयमा यो भेला र वैठक आह्रवान गरिएको पौडेल पक्षका एक केन्द्रीय सदस्यले बताए ।
जिल्ला सभापति भेलामा ७७ मध्ये ४७ जिल्लाका सभापति सहभागी भएका छन् । भेलामा ३५ जना जिल्ला सभापति भौतिकरूपमा सहभागी छन् भने १२ जना भर्चुअलरूपमा सहभागी रहेको आयोजकले बताएका छन् । भेला पछि आजै पौडेल पक्षले केन्द्रीय सदस्यहरुसाग पनि छलफल गर्न लागेको हो ।
वरिष्ठ नेता पौडेलनिकट पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठक आजै बस्न लागेको हो। आज दिउँसो ३ बजे महाराजगन्जस्थित महामन्त्री डा शशांक कोइराला निवासमा उक्त बैठक हुन लागेको हो।
बैठकमा अनिश्चित बनेको महाधिवेशनबारे छलफल हुने बताइएको छ।
प्रतिक्रिया