नेप्से १.५४ अंकले बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आबद्ध कम्पनीको शेयर कारोबारब मापक नेप्से परिसुचक १.५४ अंकले उकालो लागेको छ । यो अघिल्लो दिनको तुलनामा शुन्य दशमलब ५ प्रतिशतले बढेर ३ हजार १ सय ९ दशमलब ६६ बिन्दुमा पुगेको छ ।
नेप्से सूचक बढेपनि कारोबार रकम भने आइतबारको तुलनामा केही घटेको छ । आइतबार १४ अर्ब ३० करोडको कारोबार भएकोमा सोमबार १४ अर्ब १३ करोड रुपैयाँ बराबरको मात्रै सेयर किनबेच भएको छ । यसदिन सबैभन्दा बढी कारोबार हुनेमा अरुण भ्याली हाइड्रोपावरको ६७ करोड ४७ लाख छ ।
साताको दोस्रो दिन सोमबार ६ वटा कम्पनीको सेयर मूल्यमा पूर्ण सर्किट लाग्ने गरी १० प्रतिशतले बढेको छ भने थप ४ कम्पनीका सेयर धनीले ९ प्रतिशतभन्दा बढी कमाएका छन् । तर, गुमाउनेहरु मध्ये सबैभन्दा बढी गुमाउनेले करिब ४ प्रतिशत मात्रै गुमाएका छन् ।
सूचीकत १ सय कम्पनीमा लगानीकर्ताले गुमाएका छन् । तर, ७९ कम्पनीका लगानीकर्ता भने धेरै कमाएका छन् तर ६ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन ।
प्रतिक्रिया