आफु निकट नेताहरुसँग एकाविहानै माधव नेपालले भने
‘पार्टी एकताको च्याप्टर क्लोज, देशव्यापी समानान्तर गतिविधि तीव्र बनाऔं’

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले पार्टी एकताको सम्भावना सकिएको बताएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षलाई विधान महाधिवेशनको तयारी गर्ने गरी बोलाइएको केन्द्रीय कमिटी बैठक रोक्न, विगतका कमजोरी स्वीकार गर्न र एकताको गम्भीर पहलमा लाग्न गरेको आग्रह अटेर गरी विधान अधिवेशनको तयारी गर्ने, विधान संशोधन प्रस्तावअगाडि बढाउने र फेरि पनि एकलौटी पार्टी कब्जा गर्ने गरी शक्तिशाली अध्यक्ष बनाउने प्रस्तावअगाडि सारेको भन्दै बरिष्ठ नेता नेपालले अब एकताको सम्भावना कमजोर बनेको निष्कर्ष निकट नेताहरुसँग सुनाएका हुन् ।
सोमबार एमालेको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक राखेर अध्यक्ष ओलीले अध्यक्षलाई थप शक्तिशाली बनाउने गरी विधान संशोधनको प्रस्तावअगाडि सारेका थिए । त्यसप्रति नेपालले असन्तुष्टि जनाउँदै ओली अब कुन शैलीमा अगाडि जान लागेको भन्ने साथीहरुले बुझ्नु भयो होला नि भन्दै एकताको च्याप्टर क्लोज भएको बताएका हुन् ।
नेताहरु युवराज ज्ञवाली, विरोध खतिवडा, जगन्नाथ खतिवडालगायतका नेताहरुसँग अनौपचारिक सम्वादका क्रममा नेपालले ओलीको कार्य शैली पार्टी मिलाउने भन्दा विवाद बल्झाउने, तन्काउने र एकलौटी शैलीमा पार्टी चलाउने गरी ढंगले अगाडि बढेको भन्दै अब यसरी नहुने बताएको नेपालसँग विकसित राजनीतिका बारेमा सम्वाद गरेका एक नेताले मेरोन्यूजसँग भने ।
‘ओलीले सोमबार गरेको एकलौटी निर्णय देखिहाल्नु भयो । हाम्रोभित्रका पनि कतिपय साथीहरु एकता-एकता भन्नु हुन्थ्यो, अब त ओलीको सोच र शैली के रहेछ बुझ्नु भयो होला नि, उनी सच्चिदैनन् भनेर मैले त भन्दै आएको हो, देखिहाल्नु भयो, सोमबार उनले के गरे ?’ नेपालको भनाई उदृत गर्दै ती नेताले भने, ‘अब एकताको सम्भावना करिब सकियो, अब एकताको च्याप्टर क्लोज भयो । हामीले पनि आफ्नो गतिविधि अगाडि बढाउनु पर्छ ।’
ओलीले सोमबार अध्यक्ष र केन्द्रीय कमिटी मात्र निर्वाचित हुने, अध्यक्षलाई शक्तिशाली बनाउने र पदाधिकारीसमेत मनोनित गर्ने गरी विधानमा व्यापक संशोधन गर्ने गरी प्रस्ताव ल्याएका छन् । ओलीले पार्टीमा दुई उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, सात केन्द्रीय सचिव केन्द्रीय समितिले नै चयन गर्ने गरी प्रस्ताव ल्याएका छन् ।
नवौँ महाधिवशेनबाट निर्वाचित पदाधिकारी नेपाल समूहकाले बढी जितेपछि उनले मनोनित गर्ने गरी व्यवस्था गर्न चाहेका हुन् ।
एमालेमा २०६५ सालदेखि बहुपदीय प्रणाली लागू भएको थियो । २०६५ मा भएको आठौं महाधिवेशनबाट अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव र तीन सचिव निर्वाचित भएका थिए । त्यसपछि नवौँ महाधिवेशनबाट अध्यक्ष, पाँच जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र पाँच सचिव निर्वाचित भएका थिए । निवर्तमान अध्यक्ष स्वत: वरिष्ठ नेता र वरिष्ठ नेता पदाधिकारी हुने विधानमा प्रावधान थियो ।
तर आगामी महाधिवेशनबाट पार्टीमा आफै अध्यक्षमा दोहोरिने र आफैले सहजता हुने गरी पदाधिकारी मनोनित गर्ने गरी अधिकार केन्द्रीत गर्ने सोचका साथ विधानको संशोधित मस्यौदा प्रस्ताव तयार पारेर विधान महाधिवेशनबाट पारित गराउन चाहेका नेपाल पक्षको बुझाई छ ।
नेता नेपालले ओली पक्षले आफ्नो गतिविधि अगाडि बढाउन थालेकाले आफूहरूले पनि काउन्टर गतिविधि तीव्र बनाउनु पर्ने बताएका छन् ।
नेपालको भनाई उदृत गर्दै ती नेताले भने, ‘केपी ओलीले आफ्ना कार्यक्रम धमाधम गरिरहेका छन् । हामीले रोकिनुस् भनेर गरेको आग्रहलाई उनले टेरेनन् । अब हामी तमासा हेरेर उता के गर्छन्, के भन्छन् भनेर कुरेर बस्ने होइन, हामी अगाडि बढ्नु पर्छ । शक्ति जम्मा गर्दै जानुपर्छ देशव्यापी समानान्तर गतिविधि तीव्रतामा लिएर जानु पर्छ ।’
नेपालले अब आफूले साथीहरुसँग छलफल गरेर निर्णायक स्टेप लिएर जाने सोचिरहेको बताएको ती नेताले बताए ।
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
महिला–टी २० विश्वकप छनोट : स्कटल्यान्डमाथि बंगलादेशको फराकिलो जित
प्रतिक्रिया