असिना पीडितलाई वितरण गर्न राखिएको चामल गाडियो
काठमाडौँ । दैलेखको नौमूले गाउँपालिकाका जनतालाई वितरण गर्न खरिद गरिएको चामल दुई वर्ष गोदाममै थन्कियो । असिना पीडितका लागि गाउँपालिकाले खाद्य डिपोबाट खरिद गरेर सस्तोमा वितरण गर्न ल्याएकामा लामो समयपछि कुहिएकाले स्थानीय प्रशासन र प्रहरीको रोहवरमा १५५ बोरा चामल गाडिएको हो ।
असिना परेर मकै र धानबाली नष्ट भएपछि स्थानीयवासीलाई भोकमरीको चपेटामा पर्न नदिन पाँच ट्रकभन्दा बढी चामल खरिद गरिएकामा केही वडा–वडामा वितरण गरिएको थियो ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र शाहीले आफूले जिम्मेवारी पाउनुभन्दा करिब दुई वर्षअघिको विषय भएको र बिग्रिएको चामललाई मुचुल्का उठाएर विर्सजन गरिएको बताए । गाउँमा निरन्तरको कोभिडको समस्याले धेरै समय गोदाममै रहेपछि चामल बिग्रिएको उनको भनाइ थियो ।
जनताले तिरेको करबाट खरिद गरिएको चामल गरिब र निमुखा जनतालाई समयमै वितरण गर्नु पर्नेमा पालिकाकै कमजोरीका कारण कुहिएकाले आक्रोशित जनसमूहले सम्बन्धित पदाधिकारीलाई कारबाही गर्नु पर्ने माग गरेको स्थानीयवासी छेत्रप्रताप सुवेदीले बताए ।










वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया