पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय

काठमाडौँ, १८ फागुनः सरकारले निर्वाचनलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाउने निर्णय गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले त्यसका लागि सार्वजनिक बिदाका दिनमा समेत आयात–निर्यातसम्बन्धी कार्य सञ्चालन गर्ने निर्णय गरेको हो ।
नियमित अनुगमन प्रक्रियालाई प्रभावकारी तुल्याई अस्वाभाविक मूल्यवृद्धि र कृत्रिम अभाव सिर्जना हुन नदिने व्यवस्था मिलाउने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।
पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि नेपाल आयल निगमले सार्वजनिक बिदाका दिनमा समेत बिक्री डिपोहरू खोल्ने व्यवस्था मिलाउने र सोको अग्रिम जानकारी सम्बन्धित सबैलाई दिने, इण्डियन आयल कर्पोरेशनसँग समन्वय गरी हाल भइरहेको आयात र वितरणलाई थप व्यवस्थित तुल्याउने जनाएको छ ।
पेट्रोलियम पदार्थका बिक्रेताहरूबाट सवारीसाधनमा भर्नेबाहेक भण्डारण गर्ने प्रयोजनका लागि इन्धन उपलब्ध नगराउने, डिलर तथा बिक्रेताहरूको नियमित अनुगमन गरी मौज्दात विवरण सङ्कलन तथा अद्यावधिक गर्ने र पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति निरन्तर भइरहेको हुँदा अनावश्यक भण्डारण गरेर नराख्न सर्वसाधारण सबैलाई अनुरोध गर्ने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले खाद्यान्न तथा नुनको सहज आपूर्तिका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनलाई निर्देशन दिने निर्णय गरेको छ ।
अत्यावश्यक खाद्यान्न तथा नुनको सहज आपूर्ति व्यवस्थालाई निरन्तरता दिने र आफू मातहतका गोदामहरूमा भएको मौज्दातको विवरण सङ्कलन तथा अद्यावधिक गर्ने निर्णय मन्त्रालयले गरेको छ ।सरकारले निर्वाचनलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाउने निर्णय गरेको छ।

















गैँडाकोटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
जितपछि रञ्जु दर्शनाले भनिन् – अब काम गरेरै देखाउनुपर्छ
मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ विजयी
म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनको अग्रता
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
इरानी आक्रमणले खाडी क्षेत्रमा तेल पूर्वाधार प्रभावित
प्रतिक्रिया