म ग्रह दशाबाट आएको प्रधानमन्त्री थिइनँ : केपी ओली

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू राम्रो ग्रह दशाबाट प्रधानमन्त्री नबनेको बताएका छन् । उनले ग्रह दशा, परामदेशभन्दा जनादेशबाट प्रधानमन्त्री बनेको बताए ।
‘म प्रधानमन्त्री बन्न जन्मेको होइन, काम गर्दै जाँदा प्रधानमन्त्री बनेँ, ६४ वर्षसम्म प्रधानमन्त्री बनेको थिइनँ,’ उनले भने, ‘प्रधानमन्त्री बने त, तर जस्केलाबाट होइन, मूल ढोकाबाट नै प्रधानमन्त्री बनेको हुँ, मलाई राम्रो ग्रह दशाले प्रधानमन्त्री बनाएको पनि होइन ।’
आफू नेतृत्वको सरकारले विघटन गरेको प्रतिनिधिसभा पुनः स्थापना भएसँगै बसेको बैठकहरूमा अनुपस्थित हुँदै आएका ओलीले आज पहिलोपटक सभामा सम्बोधन गरेका हुन् ।
यस्तै, बैठकमा सम्बोधन गर्दै उनले सत्तामा भएका नेताहरूले केटाकेटीको जस्तो व्यवहारमा लागेको बताएका छन् । उनले सत्तामा पुगेका दलका नेताहरू दशैँ आउँदा केटाकेटी आँगानमा नाचेजस्तै नाचिरहेको उनले बताए ।
उनले कुनै पनि संवैधानिक पदहरूमा कृपावाद र नातावादभन्दा माथि उठेर नियुक्त गर्ने नीति लिएको बताए । उनले भने, ‘मेरो कामको लोकप्रियले केही साथीहरूको छाती जलिरहेकै छ, मैले कहिले कृपावाद र नातावादबाट काम गरेँ ।’










कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सञ्चारमन्त्रीको निर्देशन
बलिउडमा ‘नक्कली चमक’ विवाद : हेरफेर गरिएका समीक्षा र फुलाइएका अङ्कले विश्वसनीयता सङ्कट
कांग्रेसका युवा नेताहरुद्वारा ‘कांग्रेस सुधार अभियान’
पूर्व प्रधानमन्त्री शेख हसिनाको मृत्युदण्ड र बङ्गलादेशको राजनीतिक भविष्य
म्यानमारमा ठगीमा परेका ३७ नेपाली स्वदेश फर्काइए
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया