शनिबार, फागुन २, २०८२

म ग्रह दशाबाट आएको प्रधानमन्त्री थिइनँ : केपी ओली

मेरोन्यूज २०७८ साउन २६ गते १४:०८

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू राम्रो ग्रह दशाबाट प्रधानमन्त्री नबनेको बताएका छन् । उनले ग्रह दशा, परामदेशभन्दा जनादेशबाट प्रधानमन्त्री बनेको बताए ।

Advertisement
nepal life insurencenepal life insurence

‘म प्रधानमन्त्री बन्न जन्मेको होइन, काम गर्दै जाँदा प्रधानमन्त्री बनेँ, ६४ वर्षसम्म प्रधानमन्त्री बनेको थिइनँ,’ उनले भने, ‘प्रधानमन्त्री बने त, तर जस्केलाबाट होइन, मूल ढोकाबाट नै प्रधानमन्त्री बनेको हुँ, मलाई राम्रो ग्रह दशाले प्रधानमन्त्री बनाएको पनि होइन ।’

आफू नेतृत्वको सरकारले विघटन गरेको प्रतिनिधिसभा पुनः स्थापना भएसँगै बसेको बैठकहरूमा अनुपस्थित हुँदै आएका ओलीले आज पहिलोपटक सभामा सम्बोधन गरेका हुन् ।

यस्तै, बैठकमा सम्बोधन गर्दै उनले सत्तामा भएका नेताहरूले केटाकेटीको जस्तो व्यवहारमा लागेको बताएका छन् । उनले सत्तामा पुगेका दलका नेताहरू दशैँ आउँदा केटाकेटी आँगानमा नाचेजस्तै नाचिरहेको उनले बताए ।

उनले कुनै पनि संवैधानिक पदहरूमा कृपावाद र नातावादभन्दा माथि उठेर नियुक्त गर्ने नीति लिएको बताए । उनले भने, ‘मेरो कामको लोकप्रियले केही साथीहरूको छाती जलिरहेकै छ, मैले कहिले कृपावाद र नातावादबाट काम गरेँ ।’

प्रतिक्रिया