ओलीले भने : प्लिज ! मेरो पार्टीका नेताहरूलाई मन्त्री दिनु
मेरोन्यूज
२०७८ साउन २६ गते १५:१८

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीका केही नेताहरू मन्त्री बन्न दौडधुपमा लागेको बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधनमा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षलाई लक्षित गर्दै उनले यस्तो बताएका हुन् ।
‘प्रधानमन्त्री ज्यू, मेरै पार्टीका साथीहरू तपाईको पछाडि हिँडेका छन्, मन्त्री बन्न भनेर,’ अध्यक्ष ओलीले भने, ‘उहाँहरू मन्त्री बन्न हिरिक–हिरिक गर्दै छन्, प्लिज मन्त्री बनाइदिनु, यति त गरिसक्नु भयो, बरू म घाटा सहुँला ।’
शेर बहादुर देउवाले गत साउन ३ गते प्रधानमन्त्रीका लागि विश्वासको मत लिँदा नेता नेपाल पक्षका सांसदहरूले मत दिएका थिए ।
सम्बन्धित
















इजरायली आक्रमणले लेबनानको २२ प्रतिशत कृषि भूमि नष्ट
इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी
Israel’s Foreign Minister congratulates Nepali counterpart
गैँडाकोटको हनुमान् मन्दिरलाई धार्मिक पर्यटन प्रवद्र्धन गरिँदै
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
‘सिलाम साक्मा’मा सजिएर बालेनको शपथ
प्रतिक्रिया