सिंगापुर पठाइदिने भन्दै साढे २ करोड रुपैयाँ ठगी गर्ने पक्राउ
काठमाडौँ । सिंगापुर पठाइदिन्छु भन्दै २ करोड ६१ लाख ५५ हजार रुपैयाँ ठगीमा संलग्न पक्राउ परेका छन् । पक्राउ पर्नेमा समृद्धि अब्रोड नामक कन्सलटेन्सीका मार्केटिङ म्यानेजर दिप बहादुर गुरूङ रहेका छन् ।
काठमाडौं महानगरपालिका ६ बौद्ध बस्ने धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका ४ का ३९ वर्षीय गुरुङलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । यस्तै, काठमाडौं महानगरपालिका ५ हाडीगाउँस्थित धादिङ थाक्रे गाउँपालिका ८ घर भएका ४२ वर्षीय निमा लामाले संचालन गरेको उक्त कन्सलटेन्सीबाट ७८ जनासँग सिंगापुर रोजागारीको लागि पठाइदिने भन्दै भिजा प्रोसेस गर्न उक्त रकम उठाएर सम्पर्कविहीन भएको जाहेरीका आधारमा महानगरीय प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले गुरुङलाई पक्राउ गरेको हो ।
उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै ठगी कार्यमा संलग्न हाल फरार कम्पनीका संचालकसहित ४ जनाको खोजी भइरहेको छ ।










एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया