सिंगापुर पठाइदिने भन्दै साढे २ करोड रुपैयाँ ठगी गर्ने पक्राउ
काठमाडौँ । सिंगापुर पठाइदिन्छु भन्दै २ करोड ६१ लाख ५५ हजार रुपैयाँ ठगीमा संलग्न पक्राउ परेका छन् । पक्राउ पर्नेमा समृद्धि अब्रोड नामक कन्सलटेन्सीका मार्केटिङ म्यानेजर दिप बहादुर गुरूङ रहेका छन् ।
काठमाडौं महानगरपालिका ६ बौद्ध बस्ने धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका ४ का ३९ वर्षीय गुरुङलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । यस्तै, काठमाडौं महानगरपालिका ५ हाडीगाउँस्थित धादिङ थाक्रे गाउँपालिका ८ घर भएका ४२ वर्षीय निमा लामाले संचालन गरेको उक्त कन्सलटेन्सीबाट ७८ जनासँग सिंगापुर रोजागारीको लागि पठाइदिने भन्दै भिजा प्रोसेस गर्न उक्त रकम उठाएर सम्पर्कविहीन भएको जाहेरीका आधारमा महानगरीय प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले गुरुङलाई पक्राउ गरेको हो ।
उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै ठगी कार्यमा संलग्न हाल फरार कम्पनीका संचालकसहित ४ जनाको खोजी भइरहेको छ ।

















राष्ट्रपति र उपराष्ट्रपति किन मतदानमा सहभागी भएनन् ?
सैन्य विमानमार्फत मध्यपूर्वबाट आफ्ना नागरिकको उद्वार गर्दै अष्ट्रेलिया
इरान–इजरायल युद्ध फैलिँदै
प्रतिनिधिसभा सदस्य निर्वाचन : सङ्खुवासभामा मतदान जारी
मुस्ताङमा खस्यो ४२.८४ प्रतिशत मतदान
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
इरानमा फसेका विद्यार्थीहरूलाई बाहिरिन अनुमति
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
प्रतिक्रिया