बेलायती प्रहरीले हटाइदियोे आमरण अनशन स्थलको त्रिपाल

लन्डन । भूपू गोर्खाहरूले बेलायती प्रधानमन्त्रीको निवासमा शनिबारदेखि थालेको आमरण अनशनमा प्रहरीले हस्तक्षेप गरेको छ । बेलायती कानूनअनुसार सो क्षेत्रमा त्रिपाल राख्न नपाइने भन्दै प्रहरीले मङ्गलबार त्रिपाल हटाइदिएको हो ।
प्रहरीले त्रिपाल हटाउन खोज्दा अनशनरत समूहले रोक्न खोजेको थियो तर प्रहरीले त्यसको बास्ता नगरी हटाइदिएको थियो ।
त्रिपाल हटाउने क्रममा अनशनरत एक सदस्य ज्ञानराज राईले दुई शताब्दीदेखि बेलायतका लागि लड्दै आएका गोर्खाहरूलाई यसरी हस्तक्षेप गरेर पुरस्कार दिएको हो भनेर प्रशासनसमक्ष प्रश्न गरे ।
कानूनको बहाना बनाएर अनशनलाई कमजोर बनाउन खोजेको गोर्खा सत्याग्रह संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले बताए ।
भोक हड्ताल गरिरहेका गोर्खाहरूका सम्बन्धमा प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले उच्चस्तरीय समिति गठन गर्न मङ्गलबार नै निर्देशन दिएको छ ।
बेलायत सरकारले समय तोकेर आधिकारिक जवाफ नदिएसम्म आन्दोलन नटुङ्गिने सत्याग्रह समितिले जनाएको छ । पछिल्लो चार दिनदेखि भूपू गोर्खाहरू ज्ञानराज, धनमाया गुरुङ र पुष्पा राना घले भोक हड्तालमा छन् ।
















मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलर, युके पाउण्ड स्ट्रलिङ र स्वीस फ्रयाङ्कको भाउ बढ्यो
कस्ताे रहला आज देशभरकाे मौसम पूर्वानुमान
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
प्रतिक्रिया