बेलायती प्रहरीले हटाइदियोे आमरण अनशन स्थलको त्रिपाल

लन्डन । भूपू गोर्खाहरूले बेलायती प्रधानमन्त्रीको निवासमा शनिबारदेखि थालेको आमरण अनशनमा प्रहरीले हस्तक्षेप गरेको छ । बेलायती कानूनअनुसार सो क्षेत्रमा त्रिपाल राख्न नपाइने भन्दै प्रहरीले मङ्गलबार त्रिपाल हटाइदिएको हो ।
प्रहरीले त्रिपाल हटाउन खोज्दा अनशनरत समूहले रोक्न खोजेको थियो तर प्रहरीले त्यसको बास्ता नगरी हटाइदिएको थियो ।
त्रिपाल हटाउने क्रममा अनशनरत एक सदस्य ज्ञानराज राईले दुई शताब्दीदेखि बेलायतका लागि लड्दै आएका गोर्खाहरूलाई यसरी हस्तक्षेप गरेर पुरस्कार दिएको हो भनेर प्रशासनसमक्ष प्रश्न गरे ।
कानूनको बहाना बनाएर अनशनलाई कमजोर बनाउन खोजेको गोर्खा सत्याग्रह संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले बताए ।
भोक हड्ताल गरिरहेका गोर्खाहरूका सम्बन्धमा प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले उच्चस्तरीय समिति गठन गर्न मङ्गलबार नै निर्देशन दिएको छ ।
बेलायत सरकारले समय तोकेर आधिकारिक जवाफ नदिएसम्म आन्दोलन नटुङ्गिने सत्याग्रह समितिले जनाएको छ । पछिल्लो चार दिनदेखि भूपू गोर्खाहरू ज्ञानराज, धनमाया गुरुङ र पुष्पा राना घले भोक हड्तालमा छन् ।









पूर्वपश्चिम राजमार्गको विकल्प बन्दै हुलाकी सडक
मङ्सिरभित्रै १५औँ महाधिवेशन गर्न कांग्रेस गण्डकी प्रदेश समितिको माग
मुस्ताङकाे घरपझोङ गाउँपालिकास्थित थाक–पाँचगाउँ जोड्ने चक्रपथ निर्माण अन्तिम चरणमा
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश
सन्तोष परियारले छाडे रास्वपा
प्रतिक्रिया