कोरोना विरुद्ध स्थानीय प्रशासनसँग सहजीकरण गर्न जिल्ला अध्यक्षलाई तरुण दलको परिपत्र

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल तरुण दलले कोरोना भाइरसको नयाँ नयाँ भेरियन्टको सम्भावित महामारीबाट बच्नका लागि स्थानीय प्रशासनसँग सहजीकरण गर्न सबै जिल्ला अध्यक्षलाई परिपत्र गरेको छ ।
अध्यक्ष जितजंग बस्नेतले जारी गरेको परिपत्रमा ७७ वटै जिल्लामा मास्क प्रयोग अभियान चलाउने र कोरोना विरुद्धको खोप लगाउन सबैलाईं प्रोत्साहन सहित जनचेता फैलाउने उल्लेख छ ।
यस्तै खोप केनद्रसम्म पुग्न नसकेका लक्षित वर्गलाई खोप केन्द्रसम्म पुग्न सहयोग गर्ने र खोप केन्द्रलाई व्यवस्थित र सहज बनाउन सम्वन्धित निकायसँग सहजीकरण गर्ने उल्लेख छ ।
तरुण दलले जारी गरेको परिपत्रमा अरु के के विषय छन त ? जस्ताको तस्तै
श्री अध्यक्ष जी, नेपाल तरुण दल,
सबै जिल्ला समितिहरु ।
विषय : परिपत्र
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ कोरोना भाईरसका कारण सिँगो विश्व समुदायले कठिन परिस्थितिको सामाना गरिराख्नु परेको छ । स्वास्थ्य विज्ञहरुको भनाई अनुसार कोभिड–१९ कोरोना भाईरसको तेस्रो भेरियन्ट नेपालमा पनि देखा पर्ने सम्भावना रहेको छ । यस्तो अवस्थामा अधिल्ला भरियन्टमा जस्तो मानवीय लगायत अन्य क्षेत्रमा क्षति हुन नदिनको लागि पुर्व तयारी गर्नु अति आवश्यक छ । त्यसैले सम्भावित महामारीबाट बच्नको लागि स्थानीय प्रशासनसंग सहजीकरण गर्न÷गराउनको लािग जिल्ला अध्यक्ष ज्यूहरुलाई यो परिपत्र गरिन्छ ।
१. कोभिड–१९ कोरोना भाईरसको विरुद्धमा देशभर ७७ वटै जिल्लामा मास्क प्रयोग अभियान चलाउने र कोरोना विरुद्धको खोप लगाउनको लागि सबैलाई प्रोत्साहन सहित जनचेतना फैलाउने ।
२. खोप केन्द्र सम्म पुग्न नसकेका लक्षित वर्गलाई खोप केन्द्र सम्म पुग्न सहयोग गर्ने र खोप केन्द्रलाई व्यवस्थित र सहज बनाउन सम्बन्धित निकाय संग सहजीकरण गर्ने ।
३. स्वास्थ्य उपचारमा रातदिन खटिने स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउनको लागि प्रोत्साहन स्वरुप थप सेवा सुविधा प्रबन्ध गर्नका लागि सम्बन्धित निकायमा ध्यानाकर्षण गराउने । केही स्वास्थ्य संस्थामा लामो समय देखि तोकिएको जोखिम भत्ता स्वास्थ्यकर्मीहरुले नपाएको भन्ने सुन्नमा आएकोले त्यसका लागि सम्बन्धित निकाय संग पहल गर्ने ।
४. बाहिरी मुलुकबाट आएका व्यक्तिहरु क्वारेन्टाईन सम्म पुग्न नसकेका र नपुगेका भए प्रशासन संग सहयोग लिई पुग्ने सक्ने वातावरणको सिर्जना गर्ने ।
५. खाद्यान्न, तरकारी, दुध, औषधी, पानी लगाएत दैनिक उपभोग्य सामानको खरिद गर्दा भिडभाड हुने भएकाले सजकता र एक अर्का बीच दुरी कायम गर्न सचेतना फैलाउने।
६. अति आवश्यक कार्य बाहेक अन्य कार्यमा घर बाहिर ननिस्की सुरक्षित तरिकाले घरनै बसी केही समयलाई सामाजिक दुरी कायम गरिदिनुहुन अनुरोध गर्ने ।
७. सामाजिक संजाल, अनलाईन समाचार लगाएत अन्य समाचारका माध्यमबाट अपवाह फैलिने खालका समाचार भन्दा सचेत र सुरक्षित हुने खालका समाचार सम्प्रेषण गरिदिनुहुन सम्पूर्ण संचार माध्यमहरु संग अनुरोध गर्ने । अपवाह फैलाईएको देखिए नियन्त्रण र कारवाहीको लागि प्रशासनलाई जानकारी गराउने ।
८. मास्क, औषधी, सेनिटाईजर, खाद्यान्न ग्यास लगाएत अन्य दैनिक उपभोग्य वस्तुमा कृत्रिम अभाव र कालोबजारी देखिन सक्ने हुनाले यसरी कृत्रिम अभाव र कालोबजारी हुन नदिनका लागि प्रशासनलाई नियमित अनुगमनका लागि आग्रह गर्ने र कालोबजारी भएको देखिएमा नियन्त्रण र कारवाहीको लागि प्रशासनलाई सहयोग गर्ने ।
९. सकेसम्म लामो दुरीका सवारी साधनलाई सुरक्षित र व्यवस्थित बनाउनका लागि यातायात व्यवसायी र प्रशासनलाई सहयोग गर्ने ।
१०. अन्त्यमा सम्पूर्ण निकायलाई आफु र आफु वरिपरिको वातावरणको सरसफाईमा ध्यान दिनुका साथै आफु सचेत भई अरुलाई पनि सचेत गराउँदै त्रसित नभई सजग रहनका लागि नेपाल तरुण दल केन्द्रिय समिति हार्दिक अनुरोध गर्दछ ।
जय नेपाल ।
जित जङ्ग बस्नेत
अध्यक्ष










पाकिस्तानी सेनाको कारबाहीमा ३० विद्रोही लडाकूको मृत्यु
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
बङ्गलादेशमा कामचलाउ सरकार प्रणाली पुनःस्थापित
तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख कार्यभारः गृहमन्त्री
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
मध्यरातमा भक्तपुरस्थित निवासबाटै पक्राउ परे दुर्गा प्रसाईं
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
प्रतिक्रिया