अझैसम्म जडान हुन सकेन अक्सिजन प्लान्ट

हेटौंडा । वागमती प्रदेशको राजधानी हेटौंडास्थित हेटौंडा अस्पतालमा एक महिनाअघि ल्याइएको अक्सिजन प्लान्ट अझैसम्म जडान हुनसकेको छैन । यसरी लामो समयसम्म अस्पतालमा अक्सिजन प्लान्ट जडान हुन नसकेपछि जिल्ला प्रशासन कार्यालयले यसबारे चासो देखाएको छ ।
जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकको निर्णयानुसार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पताललाई समयमै अक्सिजन प्लान्ट जडान हुन नसकेपछि स्पष्टीकरण मागसमेत गरिसकेको छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले अस्पताललाई अक्सिजन प्लान्ट जडान गर्न ढिलाइ भएको विषयमा स्पष्टीकरण सोधिएको जानकारी दिए ।
अबको सात दिनभित्रमा अस्पतालमा उद्योग संघले सहयोग गरेको अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए ।
सरकारले कोरोनाको तेस्रो भेरियन्टको चेतावनी दिइराख्दा अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न ढिलाइ हुनु उचित नभएकाले तत्काल यसप्रति अस्पताल प्रशासनको ध्यान जानुपर्ने प्रशासनको निष्कर्ष छ ।
सरकारले कोभिड–१९ को तेस्रो लहरको चेतावनी केही समयअघिदेखि नै दिँदै आइरहेको छ । स्वास्थ्य मन्त्रालयले अस्पतालमा सावधानी तथा भविष्यमा आउने खतराका लागि सजग रहन र पूर्वाधार तयार पार्न पत्रसमेत पठाइसकेको छ ।
यता हेटौंडा अस्पतालले भने यस विषयमा खासै चासो देखाएको देखिन्न । उद्योग संघ मकवानपुरले हेटौंडा अस्पताललाई गत असार १६ गते दिएको अक्सिजन प्लान्ट अझै जडान हुनसकेको छैन ।
गत जेठमा प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको रोहवरमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार एवं अस्पताल सञ्चालन व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईँ र उद्योग संघ हेटौंडाका अध्यक्ष लेखराज पोखरेलले सम्झौतापत्रमा जेठ १६ गतेसम्म ठेकेदारलाई प्लान्ट निर्माणको जिम्मेवारी दिनेसम्बन्धी हस्ताक्षर भएको थियो ।
अस्पतालले १५ देखि २० दिनसम्म प्लान्ट जडान भइसक्ने जानकारी गराएको छ । प्लान्ट निर्माणका लागि ट्रस भवनको निर्माण भइरहेको हुँदा केही समय ढिला हुन गएकाले अब छिट्टै सञ्चालनमा ल्याउने अस्पतालले जनाएको छ ।
उद्योग संघले प्लान्ट निर्माणका लागि एक करोड ३० लाख रुपैयाँ खर्च गरेको थियो ।











टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
फाल्गुन १८ गते सोमबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
प्रतिक्रिया