प्रहरीको प्रश्न पत्र चोरीमा ३ जनालाई बर्खास्त गर्न सिफारिस, ११ जना विभागीय कारबाहीमा

काठकाडौँ । राष्ट्र संघको शान्ति मिशनमा जान नेपाल प्रहरीले लिने आन्तरिक परीक्षा (प्रि–स्याट) को प्रश्नपत्र चोरीमा संलग्न ३ जना प्रहरीलाई सेवाबाट हटाउन सिफारिस गरेको छ । शान्ति मिसनमा जान प्रहरीले लिने आन्तरिक परीक्षा (प्रि–स्याट)को प्रश्न पत्र चोरीमा संलग्न ३ जनालाई प्रहरीबाट बर्खास्त गर्न छानविन समितिले सिफारिस गरेको हो ।
प्रहरी नायव महानिरीक्षक (डिआइजी) वसन्त लामाको नेतृत्वमा गठन गरिएको छानविन समितिले बुधबार प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई ५ सय ५० पृष्ठको प्रतिवेदन बुझाउँदै ३ जनालाई प्रहरी सेवाबाट हटाउन सिफारिस गरेको हो । समितिले प्रहरी नायव निरीक्षक जनकबहादुर थापा, हवल्दार कुमार शाह र कार्यालय सहयोगी सुरेश बमलाई जागिरबाट हटाउन सिफारिस गरिएको छ ।
परीक्षा रद्द गर्न सिफारिस
छानविन समितिले युएन शाखाका एसपी अनुपम शमशेर जबरा र डिएसपी रुपेश खड्कासहित ११ जनालाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ । साथै छानविन समितिले सबैतिर प्रश्नपत्र लिक भएको हुनाले परीक्षा रद्द गर्न सिफारिस गरेको छ ।
साउन १५ र १६ मा प्रहरी प्रधान कार्यालय तथा ७ वटा प्रदेश प्रहरी कार्यालयमा परीक्षा सञ्चालन भएको थियो । प्रश्न पत्र परीक्षा हुनुभन्दा दुई दिनअघि नै ‘लिक’ भएको छानविनबाट पुष्टि भएको हो । शान्ति मिसनको प्रश्न पत्र १ सय १९ जना परीक्षार्थीहरूको हातमा पुगेको पुष्टि गरेको छ ।
युएन शाखाकै तल्लो दर्जामा कार्यरत दुई जना कर्मचारीले प्रि स्याट परीक्षाको प्रश्न पत्र दराजबाट चोरी गरेको हुन सक्ने भन्दै प्रहरी प्रधान कार्यालयले डिआइजी लामाको नेतृत्वमा छानविन समिति गठन गरेको थियो ।
शनिबार भएको प्रि—स्याट परीक्षाको प्रश्न पत्र बाहिरएको आशंका गरिएको थियो । त्यही आधारमा परीक्षा एक घण्टा ढिलो गरी सुरु भएको थियो । यसमा उत्तीर्ण हुनेलाई मात्र मिसनको अन्तिम परीक्षामा सहभागी गराउने गरिएको छ ।

दया दुदराज
<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>
















राष्ट्रपति पौडेल जापान प्रस्थान: कस्तो छ भ्रमण तालिका ?
आज २०८२ साल माघ १९ गते सोमबारको राशिफल
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
महिला–टी २० विश्वकप छनोट : स्कटल्यान्डमाथि बंगलादेशको फराकिलो जित
प्रतिक्रिया