बालुवाटारदेखि बालकोटसम्मको घटनाले पाठ सिक्नु पर्छ : नेता सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनमत र विधिको शासनको उपहास गर्दा केपी शर्मा ओली बालुवाटारदेखि बालकोट पुगेको घटनाबाट सबैले पाठ सिक्नु पर्ने बताएका छन् । जनताले दिएको म्याण्डेटलाई अपमान गरेर कोही संविधान र कानुनभन्दा माथि नहुने उनले बताए ।
‘ओलीमा बढेको अहमताले मुलुकको राष्ट्रिय राजनीति फरक किसिमले अघि बढ्नख पुग्यो,’ उनले भने, ‘उनको भनाई र काम गराई फरक थियो, जसबाट हामी सबैले सिक्नु पर्दछ ।’
ओलीले आफ्नो शासन कालमा के कति भष्ट्राचारका समाचार आए भन्ने कुरा ख्याल नगरी आफू नै सबै कुरा हो भन्दा दुई तिहाईको सरकार बालुवाटारबाट बालकोट पुगेको नेता सिंहले बताए ।
आज भक्तपुरको मध्यपुर नगरपालिका ३ को नव निर्मित वडा कार्यालय भवनको उद्घाटन गर्दै नेता सिंहले भने, ‘जनप्रतिनिधि जनता र मुलुकप्रति उत्तरदायी हुनु पर्छ, प्रतिनिधिको व्यवहारलाई नागरिक उच्च महत्त्वका साथ हेरिरहेकाले सबै सचेत हुन आवश्यक छ ।’










वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया