बालुवाटारदेखि बालकोटसम्मको घटनाले पाठ सिक्नु पर्छ : नेता सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनमत र विधिको शासनको उपहास गर्दा केपी शर्मा ओली बालुवाटारदेखि बालकोट पुगेको घटनाबाट सबैले पाठ सिक्नु पर्ने बताएका छन् । जनताले दिएको म्याण्डेटलाई अपमान गरेर कोही संविधान र कानुनभन्दा माथि नहुने उनले बताए ।
‘ओलीमा बढेको अहमताले मुलुकको राष्ट्रिय राजनीति फरक किसिमले अघि बढ्नख पुग्यो,’ उनले भने, ‘उनको भनाई र काम गराई फरक थियो, जसबाट हामी सबैले सिक्नु पर्दछ ।’
ओलीले आफ्नो शासन कालमा के कति भष्ट्राचारका समाचार आए भन्ने कुरा ख्याल नगरी आफू नै सबै कुरा हो भन्दा दुई तिहाईको सरकार बालुवाटारबाट बालकोट पुगेको नेता सिंहले बताए ।
आज भक्तपुरको मध्यपुर नगरपालिका ३ को नव निर्मित वडा कार्यालय भवनको उद्घाटन गर्दै नेता सिंहले भने, ‘जनप्रतिनिधि जनता र मुलुकप्रति उत्तरदायी हुनु पर्छ, प्रतिनिधिको व्यवहारलाई नागरिक उच्च महत्त्वका साथ हेरिरहेकाले सबै सचेत हुन आवश्यक छ ।’









दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो
गोरखाको रिपुम गुम्बामा आगालागी, तीनतले आवास भवन जलेर नष्ट
आजकाे एनपीएल: कर्णालीले जनकपुरलाई ३ रनले हरायो
अन्तिम खेलमा जनकपुरविरुद्ध कर्णाली विजयी
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
एनपिएलमा आज : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या
आज मंसिर १९ गते शुक्रबार, कस्ताे रहला तपाइकाे राशिफल ?
प्रतिक्रिया