बीमाको पहुँच ३३ प्रतिशत पुर्याउने लक्ष्य
काठमाडौं । चालू आर्थिक वर्ष २०७८-७९मा कुल जनसंख्याको ३३ प्रतिशत नागरिकमा बीमाको पहुँच पुर्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले बजेटमार्फत लिएको उक्त लक्ष्य पूरा गर्न यस वर्ष थप ६ प्रतिशत जनतामा बीमाको पहुँच विस्तार गर्नुपर्ने देखिएको छ ।
बीमा समितिका अनुसार गत आर्थिक वर्ष २०७७-७८ सम्म बीमाको पहुँच कुल जनसंख्याको २७ प्रतिशतमा पुगेको छ । चार वर्षअघि यस्तो अनुपात १० प्रतिशतभन्दा कम थियो । बीमाको पहुँच विस्तारबाट सन्तुष्ट हुने ठाउँ नभएको भन्दै समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले दायरा बढाउनुको विकल्प नभएको बताएका छन् ।
बीमाको पहँुच बढाउन समितिले स्थानीय तहमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने भएको छ । समितिले चालू आर्थिक वर्ष २०७८–७९ मा विभिन्न स्थानीय तहसँगको सहकार्यमा बीमाबारे सचेतना कार्यक्रम सञ्चालन गरिने समितिले बताएको हो । यस वर्ष करिब १ सय वटा स्थानीय तहमा यस्ता कार्यक्रम सञ्चालन गर्ने समितिको योजना छ ।
त्यसबाट बीमाको साक्षरता बढ्नुका साथै बीमा कम्पनीको दायित्व र समितिले गर्नु पर्ने सहजीकरणका बारेमा स्थानीय स्तरमा जानकारी हुने समितिका अध्यक्ष सिलवालले बताए । ‘जनप्रतिनिधिलाई बीमाबारे जानकारी गराउन सक्यौं भने उनीहरुकै उत्प्रेरणामा गाउँ ठाउँका धेरै मानिस बीमाको दायरामा आउलान्,’ उनले भने ।
सरकारले नै बजेटमार्फत चालू आर्थिक वर्षभित्र बीमाको पहुँच ३३ प्रतिशत नागरिकमा पु¥याउने लक्ष्य राखेको छ । उक्त लक्ष्य प्राप्तिका लागि विभिन्न रणनीति र योजना सहित लाग्ने अध्यक्ष सिलवालले मेरोन्युजलाई जानकारी दिए ।
साथै, समितिले पहुँच विस्तारका लागि कम्पनीहरुलाई ग्रामीण भेगमा शाखा विस्तार गर्न पनि भनेको छ । कतिपय स्थानमा बीमाको पहुँच नहुँदा इच्छा भएकाले बीमा गर्न पाएका छैनन् । यसर्थ समितिले सबै स्थानीय तहमा बीमाको पहँुच विस्तार गर्न शाखा वा घुम्ती सेवा विस्तार गर्न कम्पनीहरुलाई निर्देशन गर्ने योजना बनाएको छ ।
अहिले बीमा क्षेत्रमा १० हजार व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् भने ५ लाखभन्दा बढी अभिकर्ताले काम गरिरहेका छन् ।










सुनको मूल्य तोलामा दुई हजारले घट्यो
पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ
मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छ : मन्त्री श्रेष्ठ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
प्रतिक्रिया