कैलालीबाट झण्डै आधा किलो सुनसहित तीन जना पक्राउ

काठमाडौं । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, अपराध अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय मालाखेतीको संयुक्त टोलीले कैलालीबाट आधा किलो बराबरको सुनसहित तीन जनालाई पक्राउ गरेको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, अपराध अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय मालाखेतीको संयुक्त टोलीले ४४९.७७ ग्राम सुनसहित शैलेश्वरी सुनचाँदी पसल अत्तरियाका सञ्चालक समिर सिजापति, सोही सुनचाँदी पसलमा कार्यरत सुनसरीका राजु विक र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ का भवानी घिमिरे लाई पक्राउ गरेको हो ।
अत्तरियास्थित सडकखण्डमा काठमाडौंबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना ८ ख ८३४९ नम्बरको महाकाली यातायातको बसलाई चेकजाँच गर्दा प्रहरीले बसका कन्डक्टर घिमिरेको साथबाट ४९.९५ ग्राम अवैध सुनको बाला र नगद २६ हजार बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
त्यस्तै बसमै सवार राजु विकको साथबाट सुनको बाला र सिक्री गरी जम्मा ३४९।८७ ग्राम अवैध सुन र नगद ६ हजार ९ सय रुपैयाँ पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीले उनीहरूको साथबाट ४९ हजार बढी नगद र ५ थान मोबाइल पनि बरामद गरिएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका उनीहरूसँग सोधपुछ गर्ने क्रममा सुन अत्तरियाका व्यवसायी समिर सिजापतिको खुलेपछि उनलाई पनि पक्राउ गरिएको हो । खानतलासी गर्दा सिजापतिको साथबाट ४९.९५ ग्राम अवैध सुनको बाला र १६ हजार तीन सय नगद बरामद गरिएको थियो ।
भवानी घिमिरे र समिर सिजापतिको साथमा कतार दोहाको बिल रहेको तर किन्ने व्यक्तिको विवरण फरक रहेको प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय, कोहलपुर पठाइने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।











निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
फेरि संवादमा जुटे बालेन र कुलमान
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
नेपालमा पार्टी पनि विदेशीले बनाइदिन थाले : राजेन्द्र लिङ्देन
निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
भोलि रंगशालामा त्रिभुवन विश्विविद्यालयकाे दीक्षान्त : नोबेल पुरस्कार विजेता काजिता प्रमुख अतिथि
निर्वाचन ७० दिन बाँकीः निर्वाचन आयोगले जारी गर्यो निर्वाचन आचारसंहिता
आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
प्रतिक्रिया