कैलालीबाट झण्डै आधा किलो सुनसहित तीन जना पक्राउ

काठमाडौं । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, अपराध अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय मालाखेतीको संयुक्त टोलीले कैलालीबाट आधा किलो बराबरको सुनसहित तीन जनालाई पक्राउ गरेको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, अपराध अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय मालाखेतीको संयुक्त टोलीले ४४९.७७ ग्राम सुनसहित शैलेश्वरी सुनचाँदी पसल अत्तरियाका सञ्चालक समिर सिजापति, सोही सुनचाँदी पसलमा कार्यरत सुनसरीका राजु विक र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ का भवानी घिमिरे लाई पक्राउ गरेको हो ।
अत्तरियास्थित सडकखण्डमा काठमाडौंबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना ८ ख ८३४९ नम्बरको महाकाली यातायातको बसलाई चेकजाँच गर्दा प्रहरीले बसका कन्डक्टर घिमिरेको साथबाट ४९.९५ ग्राम अवैध सुनको बाला र नगद २६ हजार बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
त्यस्तै बसमै सवार राजु विकको साथबाट सुनको बाला र सिक्री गरी जम्मा ३४९।८७ ग्राम अवैध सुन र नगद ६ हजार ९ सय रुपैयाँ पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीले उनीहरूको साथबाट ४९ हजार बढी नगद र ५ थान मोबाइल पनि बरामद गरिएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका उनीहरूसँग सोधपुछ गर्ने क्रममा सुन अत्तरियाका व्यवसायी समिर सिजापतिको खुलेपछि उनलाई पनि पक्राउ गरिएको हो । खानतलासी गर्दा सिजापतिको साथबाट ४९.९५ ग्राम अवैध सुनको बाला र १६ हजार तीन सय नगद बरामद गरिएको थियो ।
भवानी घिमिरे र समिर सिजापतिको साथमा कतार दोहाको बिल रहेको तर किन्ने व्यक्तिको विवरण फरक रहेको प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय, कोहलपुर पठाइने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
















अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
रुसी पूर्वमन्त्री पोपोभलाई १९ वर्ष जेल सजाय
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ
टोखामा बिस्केट जात्रा अगामी वैशाख १ देखि ४ गतेसम्म मनाइने
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया