दुर्घटनाबाट जोगियो सीता एयर
मेरोन्यूज
२०७८ साउन २७ गते १९:१५

सिमकोट । हुम्लाको सिमकोट विमानस्थलमा अहिले बेलुका सीता एयरको डोनियर जहाज दुर्घटना हुनबाट बचेको छ । सुर्खेतबाट काग्रोको सामान ढुवानी गरिरहेको जहाज विमानस्थलको रनवेमा अवतरण गर्ने क्रममा टायर पन्चर्ड भएको हो ।
नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रबन्धक मोहन गिरीका अनुसार रनवेमा ल्याण्ड गरी पार्किङस्थलमा ल्याउने क्रममा टायर पन्चर्ड भएको बताए । जहाजको पछाडिको टायर पन्चर्ड भएपछि जहाज घिस्रेको थियो ।
विमानमा सवार चालक दलका सदस्य सकुशल रहेका छन् । चालक दलका सदस्यमात्र रहेको सीता एयरको नाइनएनएएचडी डोनिएर विमान रहेको छ । विमानको टायर पन्चर्ड भए पनि अन्य केही क्षति नभएको विमानास्थलले जनाएको छ ।
उक्त जहाजलाई पार्किङस्थलसम्म ल्याइएको छ । नेपालगञ्ज वा सुर्खेतबाट नयाँ टायर ल्याउने तयारी भइरहेको सीता एयरले जनाएको छ ।
सम्बन्धित
















नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
नेपाललाई युएईले दियो १२९ रनको लक्ष्य
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया