बिहीबार, वैशाख १७, २०८३

कर्णालीमा सक्रिय संक्रमितको संख्या ९३२

मेरोन्यूज २०७८ साउन २७ गते २२:२३

कर्णाली । कर्णाली प्रदेशमा कोरोना संक्रमितको सक्रिय संख्या ह्वात्तै बढेर आज ९३२ पुगेको छ । साउन दोस्रो साता यतादेखि प्रदेशमा कोभिड–१९ को संक्रमण बढेसँगै सक्रिय संक्रमितको संख्यामा वृद्धि भएको हो ।

Advertisement
NiccNicc

प्रदेशका १० वटै जिल्लाका प्रशासन कार्यालयले निषेधाज्ञा खुकुलो बनाएपश्चात् बढेको मानव आवतजावतले संक्रमण दर माथि उक्लेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ । निर्देशनालयका निर्देशक डा रविन खड्का अनुसार कर्णालीमा आजमात्र ६५ मा कोरोना संक्रमण पुष्टि भएको छ । छैसटी जनामा गरिएको आरटी पिसिआर परीक्षणका क्रममा २७ र १९७ मा गरिएको एन्टिजेन परीक्षणका क्रममा ३८ मा कोरोना संक्रमण पुष्टि भएको हो ।

“आज ६५ जना थपिएसँगै कर्णालीमा कोरोना भाइरस संक्रमणबाट ३१ हजार १६५ संक्रमित भएका छन्”, उनले भने, “पछिल्लो तथ्यांक नियाल्दा कर्णालीको सुर्खेतमा कोरोना सङ्क्रमण दर बढेको देखिन्छ ।” त्यस्तै, पछिल्लो २४ घण्टामा ५९ ले कोरोना जितेर घर फर्केका छन् । कोरोना संक्रमणबाट कर्णालीमा हालसम्म ३५६ ले ज्यान गुमाएको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया