राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति शुक्रवार सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकले साउन पहिलो साता मौद्रिक नीति सार्वजनिक गर्नेगरी अन्तिम तयारी गरिरहेको थियो । तर सरकार परिवर्तन भएपछि नयाँ सरकारको प्राथमिकतालाई समावेश गर्ने भन्दै राष्ट्र बैकले मौद्रिक नीति सार्वजनिक गरेको थिएन ।
मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने गरी अन्तिम तयारी भइरहेको राष्ट्र बैकका प्रवक्ता देव कुमार ढकालले जानकारी दिए । उनले भने, ‘मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने गरी तयारी भइरहेको छ । सरकारले मुलुकको वर्तमान आर्थिक स्थितीबारे जानकारी जारी गरिसकेकाले मौद्रिक नीति सार्वजनिक गर्न ढिला नगर्न सबै क्षेत्रबाट राष्ट्र बैंकलाई सल्लाहा दिदै आएका छन् । मौद्रिक नीति सार्वजनिकमा ढिलाइ गर्दा वित्तीय स्थायित्वमा खलल पुग्ने र नीतिगत अस्थिरता हुने भएकाले तत्काल सार्वजनिक गर्न बैंक तथा वित्तिय संस्था, उद्योगी व्यवसायी, पूर्वअर्थमन्त्रीहरु, योजना आयोगका पूर्व उपाध्यक्षहरु, नेपाल राष्ट्र बैंकका पूर्व गर्भनरहरुले सुझाब दिएका छन् ।’ कोरोना प्रभावितलाई लक्षीत गरेर मौद्रिक नीति ल्याउने प्रवक्ता ढकालले बताए ।
अहिले कोरोना प्रभावित उद्योगी, व्यवसायी, बैंकर्स एवं ऋणी राहतका लागि मौद्रिक नीतिको पखाईमा छन् । केन्द्रीय बैंकले बजेटमा छुटेका राहतका प्याकेज तथा अन्य नीतिगत व्यवस्थालाई मौद्रिक नीतिमार्फत सम्बोधन गर्न सक्छ ।
प्रधानमन्त्री शेर बहादुर देउवा सरकारमा रहेका गठबन्धनले आइतवार बजेटको नीति तथा कार्यक्रमलाई समेट्ने र मौद्रिक नीतिलाई सहज हुनेगरी साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरिसकेको छ ।
सरकारले राज्य सञ्चालनका लागि ‘संयुक्त सरकारका साझा न्यूनतम कार्यक्रम’ सार्वजनिक गरेपछि मौद्रिक नीति ल्याउन राष्ट्र बैंकलाई सहज भएको प्रवक्ता ढकालले बताए ।

किरण अधिकारी
मेराेन्यूजकर्मी अधिकारी अर्थसम्बन्धी विषयमा कलम चलाउँछन् ।

















१०७ वर्षीय ज्येष्ठ नागरिकले गरे मतदान
राष्ट्रियसभा अध्यक्ष दाहालले गरे मतदान
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
गृहमन्त्री अर्यालद्वारा मतदान
सुरक्षा निकायका प्रमुखसहित ‘कन्ट्रोल रुम’बाट निर्वाचन क्षेत्रको ‘मनिटर’ गर्दै गृहमन्त्री
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
इरानी आक्रमणमा अमेरिकी एफ-१५ लडाकु जेट कुवेतमा खस्याे
प्रतिक्रिया