आइतबार, माघ १३, २०८१

कांग्रेस केन्द्रिय समितिको बैठक भोली ११ बजेसम्मका लागि स्थगित

मेरोन्यूज २०७८ साउन २८ गते १८:५५

काठमाडौं । कांग्रेस केन्द्रिय समितिको बैठक भोली ११ बजेसम्म बस्ने गरी सकिएको छ ।

Advertisement

आज सभापति शेरबहादुर देउवा निवासमा बसेको केन्द्रिय समितिको बैंठकमा महामन्त्री पूर्णबहादुर खड्काले निर्वाचन निर्देशिकासम्बन्धी प्रस्ताव, उपसभापति तथा समायोजन समितिका संयोजक विमलेन्द्र निधिले समायोजन सम्बन्धी प्रतिवेदन र क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले क्रियाशील छानबिन समितिको प्रतिवेदन पेश गरेका छन् ।

लेखकको प्रतिवेदनमाथि प्रतिवेदनमाथि देउवा पक्षकै आनन्द ढुंगाना र पौडेल पक्षका कल्याण गुरुङले फरक मत राखेका थिए ।केन्द्रिय कार्यसमितिको बैठक टुङ्गिदाँ हामीले १४ औँ महाधिवेशनको कार्य तालिका सार्वजनिक गरिने पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिए ।

सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पनि बुधबारको बैठकबाट महाधिवेशन सार्न सहमत भइसकेको अवस्थामा केन्द्रीय समितिबाट पनि राय लिन लागिएको बताइएको छ ।

प्रतिक्रिया