कांग्रेस केन्द्रिय समितिको बैठक भोली ११ बजेसम्मका लागि स्थगित

काठमाडौं । कांग्रेस केन्द्रिय समितिको बैठक भोली ११ बजेसम्म बस्ने गरी सकिएको छ ।
आज सभापति शेरबहादुर देउवा निवासमा बसेको केन्द्रिय समितिको बैंठकमा महामन्त्री पूर्णबहादुर खड्काले निर्वाचन निर्देशिकासम्बन्धी प्रस्ताव, उपसभापति तथा समायोजन समितिका संयोजक विमलेन्द्र निधिले समायोजन सम्बन्धी प्रतिवेदन र क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले क्रियाशील छानबिन समितिको प्रतिवेदन पेश गरेका छन् ।
लेखकको प्रतिवेदनमाथि प्रतिवेदनमाथि देउवा पक्षकै आनन्द ढुंगाना र पौडेल पक्षका कल्याण गुरुङले फरक मत राखेका थिए ।केन्द्रिय कार्यसमितिको बैठक टुङ्गिदाँ हामीले १४ औँ महाधिवेशनको कार्य तालिका सार्वजनिक गरिने पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिए ।
सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पनि बुधबारको बैठकबाट महाधिवेशन सार्न सहमत भइसकेको अवस्थामा केन्द्रीय समितिबाट पनि राय लिन लागिएको बताइएको छ ।














यस्तो छ आजका लागि कृषिउपजको मूल्य
आज साेमबारका लागि विदेशी मुद्राको विनिमय दर यस्तो
पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया