गेटा मेडिकल कलेजलाई सुदूरपश्चिमाञ्चल विश्वविद्यालय मातहत ल्याउन माग

कञ्चनपुर । प्रस्तावित गेटा मेडिकल कलेजलाई सुदूरपश्चिमाञ्चल विश्वविद्यालय मातहत ल्याउन कञ्चनपुरका सात विद्यार्थी सङ्गठनले माग गरेका छन । कलेजलाई विश्वविद्यालय मातहत ल्याएर आगामी वर्षदेखि पठनपाठन सञ्चालन गर्न सङ्गठनमा आवद्ध विद्यार्थीले माग गरेका हुन् ।
प्रस्तावित मेडिकल कलेजलाई तत्काल छिटोभन्दा छिटो सुप विश्वविद्यालयअन्तर्गत ल्याएर शैक्षिक कार्यक्रम सञ्चालनको नमूना तयार गरी आगामी वर्षदेखि प्रारम्भिक चरणको अध्ययन–अध्यापन सञ्चालन गर्न माग गरिएको अनेरास्ववियुका केन्द्रीय सचिव गणेश सिंह ऐरीले बताए ।
“मेडिकल कलेजलाई प्रतिष्ठान बनाउने छलफल पनि थालिएको छ”, उनले भने, “प्रतिष्ठान नभएर सुुदूरपश्चिमाञ्चल विश्वविद्यालय मातहत ल्याउनुपर्छ ।”
सुदूरपश्चिमाञ्चल विश्वविद्यालय विसं २०६६ मा घोषणा गरिएको थियो । विद्यार्थी सङ्गठनले मेडिकल कलेज सञ्चालनमा सरकार उदासीन देखिएको आरोप समेत लगाएका छन् ।
“मेडिकल कलेज सञ्चालनमा राज्यले देखाएको उदासीनताले सबै चिन्तित छौं”, नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय सहमहामन्त्री अच्युतराज कलौनीले भने, “प्रस्तावित गेटा मेडिकल कलेजको प्रक्रिया अघि बढाउने सन्दर्भमा शैक्षिक कार्यक्रम सञ्चालनको मोडेल अझै तयार भएको छैन । त्यो छिटो तयार गरी कार्यान्वयनमा ल्याउनुपर्छ ।”
अहिले आएर मेडिकल कलेजका रूपमा अगाडि बढाउने वा छुट्टै स्वायत्त प्रतिष्ठान बनाएर सञ्चालन गर्ने भन्ने विषय छलफल भइरहेको उनले बताए ।
विद्यार्थीले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयमार्फत प्रधानमन्त्री देउवालाई शैक्षिक कार्यक्रम सञ्चालनको नमूना तयार गरी आगामी वर्षदेखि प्रारम्भिक चरणको पठनपाठन सञ्चालन गर्न माग गर्दै बिहीबार मागपत्रसमेत बुझाएका छन ।
















काठमाडौंका पूर्वसीडीओ रिजाललाई हाजिरी जमानीमा छाड्न आदेश
श्रीलङ्कामा भ्रष्टाचार नियन्त्रणमा प्रविधिको प्रयोग
कांग्रेसले निर्वाचन समीक्षाका लागि सातै प्रदेशमा तोक्यो प्रतिनिधि
प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
कांग्रेसकाे देउवा समूहले ओली र लेखक पक्राउको संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
प्रतिक्रिया