आइतबार, माघ ६, २०८१

सुनको मूल्यमा सामान्य वृद्धि

मेरोन्यूज २०७८ साउन २९ गते ११:५७

काठमाडौँ । दैनिक गिरावट भएको सुनको मूल्य साताको अन्तिम दिन शुक्रबार सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन मूल्य बढेर तोलामा ८९ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।

Advertisement

बिहीबार तोलामा ८९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा ८९ हजार २५० रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी शुक्रबार चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । बिहीबार तोलामा ११९० रुपैयाँमा कारोबार भएको चाँदी आज ११८५ रुपैयाँमा कारोबार भएको हो ।

प्रतिक्रिया