प्रहरी भन्दै कुटपिट गरी रकम असुल्ने दुई पक्राउ
काठमाडौँ । ‘प्रहरी हुँ’ भन्दै कुटपिट गरी रकम असुल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कनकाई नगरपालिका ७ का ४० वर्षीय विकास उप्रेती र बिर्तामोड नगरपालिका ३ का ३२ वर्षीय टीका खत्रीलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।
बिर्तामोड–५ की नयनसरी राजवंशीको घरमा गएर यही साउन ११ गते उप्रेती र खत्रीले “हामी सादा पोशाकका प्रहरी हौँ, तपाईँको छोरा लागुऔषध खाने बेच्ने गर्छ र डिलर पनि हो, अब छोरालाई जोगाउने हो भने २० रुपैयाँ हजार दिनु, नभए मुद्दा हालिदिन्छौँ”, भनेर धम्क्याउनाका साथै राजवंशीको साथमा भएको ११ सय रुपैयाँ लिएर पछि फेरि पैसा लिन आउँछौँ भन्दै गएका थिए ।
सोही सिलसिलामा यही साउन १४ गते राति नयनसरीको घर पुगेका उनीहरुले उनका छोरा २५ वर्षीय विशाल राजवंशीलाई बाहिर बोलाएर “हामी एउटा मिसनमा आएका हौँ, किन गाउँका मान्छेलाई हल्ला गरी बोलाएको ?” भन्दै उप्रेतीले कम्मरको बेल्ट खोलेर विशाललगायत अन्य व्यक्तिलाई समेत कुटपिट गरेका थिए ।
पीडित राजवंशीले साउन २२ गते इलाका प्रहरी कार्यालय अनारमनीमा दिएको निवेदनका आधारमा उप्रेती र खत्रीलाई पक्राउ गरिएको प्रनाउ थापाले बताए । पक्राउ परेका दुवैलाई इप्रका अनारमनीमा राखेर कानुनी कारबाही अघि बढाइएको थापाले जानकारी दिए ।










एसएसपी विश्व अधिकारी डीआईजी बढुवाका लागि सिफारिस
जेनजी आन्दोलनका क्रममा फरार दुई थुनुवा पक्राउ
जाडोमा गुड खानुका फाइदै फाइदा, दिनमा कति खाने ?
दश हिमाल, सूर्योदय र सूर्यास्त नियाल्न नगरकोटमा पर्यटक
निजी क्षेत्रको सुरक्षा प्रत्याभूति सरकारले गर्छः अर्थमन्त्री खनाल
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए आफ्नो सम्पत्ति विवरण
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
प्रतिक्रिया