मिल्दाजुल्दा नाम भएका अनलाइन मिडिया काउन्सिलले दर्ता नगर्ने

काठमाडौं । प्रेस काउन्सिल नेपालले मिल्दाजुल्दा अनलाइन मिडिया(न्युजपोर्टल) दर्ता नगर्ने भएको छ । शुक्रबार सूचना जारी गदै काउन्सिलले मिल्दाजुल्दा नाममा अनलाइन दर्ता गर्न आउन थालेको भन्दै यस्ता अनलाइनलाई दर्ता नगर्ने बताएको छ ।
काउन्सिलका सूचना अधिकारी रामशरण बोहराले सूचना जारी गर्दै पहिला नै सञ्चालित अनलाइन मिडियाबाट पटकपटक उजुरी र गुनासो आउने गरेकाले अबदेखि मिल्दाजुल्दा अनलाइनलाई दर्ता नगर्ने उल्लेख गरिएको छ ।
सूचनामा भनिएको छ, ‘यस सम्बन्धमा मिति २०७८/४/१८ गते बसेको आचारसहिंता अनुगमन उपसमितिको दर्ता भई सञ्चालन भइसकेका चर्चित मिडियालाई आधार बनाई अगाडि वा पछाडि कुनै अंक वा अक्षर जोडी डोमेन दर्ता/मिडिया दर्ता गराइ मिल्दोजुल्दो मास्टहेड, लोगो र मिल्दोजुल्दो नाम लिएर सूचिकरण हुनआउने त्यस्ता न्युपोर्टललाई सूचिकरण नगर्ने निर्णय गरेका सबैलाई जानकारी गराइन्छ ।’
काउन्सिलले दर्ता भई सूचिकरण गर्न आउने अनलाइनहरुले प्रायः मिल्दाजुल्दा नाम र दर्ता भइ सञ्चालित नाम चलेकका अनलाइन लगाएत मिडियालाई आधार बनाई अगाडि वा पछाडि कुनै अक्षर वा अंक जोडी डोमिन, मिडिया दर्ता गराइ सूचिकरणका लागि आवेदन दिने प्रवृत्ति बढेको बताएको छ । अनलाइन मिडिया सूचना भिवागमा दर्ता भएर काउन्सिलमा सूचिकरण गर्ने गरिन्छ ।

















रक्षा क्षमता घटाउने बिषयमा अमेरिकासँग कुनै वार्ता हुँदैन : इरान
कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड
जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च, कारण यस्ताे
आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने
सुदूरपश्चिममा बालेनको मौन चुनावी अभियान
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
प्रतिक्रिया