मिल्दाजुल्दा नाम भएका अनलाइन मिडिया काउन्सिलले दर्ता नगर्ने

काठमाडौं । प्रेस काउन्सिल नेपालले मिल्दाजुल्दा अनलाइन मिडिया(न्युजपोर्टल) दर्ता नगर्ने भएको छ । शुक्रबार सूचना जारी गदै काउन्सिलले मिल्दाजुल्दा नाममा अनलाइन दर्ता गर्न आउन थालेको भन्दै यस्ता अनलाइनलाई दर्ता नगर्ने बताएको छ ।
काउन्सिलका सूचना अधिकारी रामशरण बोहराले सूचना जारी गर्दै पहिला नै सञ्चालित अनलाइन मिडियाबाट पटकपटक उजुरी र गुनासो आउने गरेकाले अबदेखि मिल्दाजुल्दा अनलाइनलाई दर्ता नगर्ने उल्लेख गरिएको छ ।
सूचनामा भनिएको छ, ‘यस सम्बन्धमा मिति २०७८/४/१८ गते बसेको आचारसहिंता अनुगमन उपसमितिको दर्ता भई सञ्चालन भइसकेका चर्चित मिडियालाई आधार बनाई अगाडि वा पछाडि कुनै अंक वा अक्षर जोडी डोमेन दर्ता/मिडिया दर्ता गराइ मिल्दोजुल्दो मास्टहेड, लोगो र मिल्दोजुल्दो नाम लिएर सूचिकरण हुनआउने त्यस्ता न्युपोर्टललाई सूचिकरण नगर्ने निर्णय गरेका सबैलाई जानकारी गराइन्छ ।’
काउन्सिलले दर्ता भई सूचिकरण गर्न आउने अनलाइनहरुले प्रायः मिल्दाजुल्दा नाम र दर्ता भइ सञ्चालित नाम चलेकका अनलाइन लगाएत मिडियालाई आधार बनाई अगाडि वा पछाडि कुनै अक्षर वा अंक जोडी डोमिन, मिडिया दर्ता गराइ सूचिकरणका लागि आवेदन दिने प्रवृत्ति बढेको बताएको छ । अनलाइन मिडिया सूचना भिवागमा दर्ता भएर काउन्सिलमा सूचिकरण गर्ने गरिन्छ ।

















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया